२०७९ जेष्ठ ३ मंगलवार

मेरो घर डडेल्धुरा हो, सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउँछु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताएका छन् । सो मबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको संयुक्त चु नावी आसभामा देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ ।

फेरि पनि गठबन्धनकाे नै सरकार रहन्छ । गठबन्धनको सरका रले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’

सुदूरपश्चिमका कारणले आज प्रधानमन्त्री भएको भन्दै देउवाले यहाँको विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘मेरो घर डडेल्धुरा हो थाहा नै छ । यहाँ (कैलाली) बाट पनि म  लाई तपाईहरुले जिताउनु नै भएको हो ।

यो ठाउँ मेलाई अत्यन्तै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘सुदूरपश्चि मका कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरुको सहयोगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।’​

सुदूरपश्चिममा आफूले धेरै ठाउँमा काम गरेको भन्दै बाँकी रहेका काम पनि पुरा गर्ने विश्वास दिलाए । ‘तपाईलाई थाहा छ । यहाँ इन्डिया भएर आउनुपथ्र्यो । मैले २२ वटा पुल बनाएँ । कर्णाली पारी पनि बेलुका हुनासाथ जान

पाइँदैन थियो,’ उनले भने, ‘मैले रातीपनि जान पाउने व्यवस्था गरेको छु । सुदूरपश्चिममा मैले धेरै ठाउँमा काम गरेको छु । बाँ की रहेका काम पनि पुरा गर्ने छु ।’ घर–घरमा पक्की बाटो र बिजुली पुर्याउने देउवाको भनाइ छ ।​

यस्तै,,बुटवल उपमहानरपालिका नेकपा (एमाले)का उम्मेदवार बाबुराम भट्टराईले मतदातालाई हातैले लेखेर चिठी पठाएका छन्। आफूलाई मत दिन आग्रह गर्दै उनले बुटवलका मतदाता लाई चिठी पठाएका हुन्। ‘श्री… ज्यु, साइनो अनुसार ढोग तथा नमस्ते।

कुशल छु र हजुर लगायत स-परिवार कुशल हुनुहुन्छ भन्ने का मना गर्दछु। विशेषत: हाम्रो बटौलीलाई तपाई हामीले सोचे ज स्तो एकातिर शान्त, सुन्दर हराभरा र व्यवस्थीत हराभरा बना उने र अर्कोतिर व्यापार, शिक्षा पर्यटन स्वास्थ्य लगायत विभि न्न पेशाको उद्गम स्थल बनाउने चाहना तपाईंको र मेरो पनि हो,’

भट्टराईले लेखेको उक्त चिठी नेकपा एमाले नगर कमिटीले प्रत्ये क मतदाताका घरमा पुर्‍याउने जनाएको छ। एमाले बुटवल नगर अध्यक्ष किशन ज्ञवालीले मंगलबार साँझसम्म

सबै मतदाताका घरमा पत्र पठाइसक्ने योजना रहेको बताए। आधुनिक जमानामा पनि उम्मेदवारले आफ्नै हातले लेखेको चिठी पाएपछि मतदातालाई मन छोएको महसुस गरेका छौं,’ ज्ञवालीले भने। उनले चिठीमा लेखेका छन्।

भट्टराइले सहकर्मी र आफन्तलाई अलग-अलग सम्बोधन गरेको पत्र पठाएका छन्। उनले सहकर्मीहरूलाई ‘प्रिय…’र आफन्त तथा आम मतदातालाई ‘श्री…साइनो अनुसारको ढोग तथा नम स्ते’ लेखेका छन्। निर्वाचनको मिति

नजिकिँदै गर्दा भट्टराईले मतदाताको मन जित्न घर-घरमा आफैं ले लेखेको पत्र पठाएका छन्। २०४६ साल अघिदेखि संगै राज  नीति गरेका सहकर्मी बाबुरामका हातैले लेखेको पत्र दीपनगर का कमलबहादुर थापाले सहजै पहिचान गरे।

चिठीमा लेखिएको सम्बोधन र व्यहोराले बाबुरामप्रति माया र सम्मान मात्रै बढेन भूमिगतकालको स्मरण भयो,’ थापाले भने, ‘हामी पुराना जमानाका मान्छे, भूमिगत कालमा यसरी पत्र पठा उने र जवाफ कुरेर बस्ने प्रचलन थियो।

यस्ता चिठ्ठी देखेपछि त्यही बेलाको याद आयो। भट्टराईले आ फ्नो पत्रमा ‘हाम्रो बटौलीलाई तपाई-हामीले सोचेजस्तो सुन्दर, शान्त, हराभरा र व्यवस्थित शहर बनाउने तपाईं र हाम्रो चाहना पूरा गर्न यसपटक सूर्य चिन्ह लिएर उम्मेदवारी दिएको छु’ भन्ने व्यहोरा उल्लेख गरेका छन्।

२०७९ बैशाख २७, मंगलवार प्रकाशित 1 Minute 814 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार