२०७९ असार १२ आईतवार

प्रचण्ड र आरजुलाई आयोगबाट आयो दु:खद खबर

कांग्रेस नेता आरजु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। फाइ ल तस्बिर।कांग्रेस नेता आरजु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई निर्वाचन आयोगले स्पष्टीक रण सोधेको छ। प्रचण्ड,,ले दिएका अभिव्यक्ति माथि केन्द्रित रहेर आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको छ।

प्रचण्डले चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा रूखवालाले हँसिया हतौडामा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण दिन भनेको छ। यस्तो अभिव्यक्ति दिनुको अन्तरनि हीत मनसाय के हो भन्ने प्रश्नसमेत आयोगको छ।

यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

आरजुले सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजित कांग्रेसका चुनावी सभामा बोलेका अभिव्यक्तिलाई लिएर आयोगले मंगल बार २४ घन्टे स्पष्टीकरण सोधेको छ।

उनले चार/पाँच जनाका दरले वैदेशिक रोज गारीमा युवालाई पठाउने, कांग्रेसलाई मेयर नजितेका ठाउँमा बजेट नपठाउने जस्ता अभिव्यक्ति दिएकी थिइन्।

कांग्रेस नेताका हैसियतमा यस्ता अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन भनेर आयोगले राणासँग स्पष्टीकरण सोधेको छ।

२०७९ बैशाख २८, बुधबार प्रकाशित 0 Minutes 2611 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?