
काठमाडौं, ।इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालि का– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ
आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृ,त्यु भएको हो ।मृ,त्यु हुनेमा पाँचथर याङ्रुप गाउँपालिका– ४ घर भई इलाम नगरपालिका– ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन् ।
मे १ प ६५४४ नं को मोटरसाइकलले ना ४ ख ५६६९ नं को ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसाइक ललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालको घटनास्थलमा नै मृ,त्यु भए को जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाब हादुर थापाले जानकारी दिए । घट,नापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
कलङ्कीको मुख्य चोकमा दिवाकरको मृ,त्यु
काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृ,त्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिपरले
बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोट रसाइकल चालक धादिङ धुनिवेंशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।
उक्त दुर्घ,टनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लि एको छ । उता, ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृ,त्यु भएको छ ।
सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन तीनतले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मङ्गलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्तपा लमा मृ,त्यु भएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।