२०७९ असार १२ आईतवार

भोट हाल्न हेलिकोप्टर चढेर गाउँ फर्किए रसुवाका मतदाता

रसुवा– शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् ।

तर सडकको पहुँच नपुगेको रसुवाको पर्यकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङस हित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकोप्टर मार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए ।

२० जनाभन्दा बढी स्थानीय हेलिकोप्टर चढेर गाउँ फर्किएका हुन् ।

सडकको पहुँच नपुगेका कारण लाङटाङ क्षेत्रका नागरिक यसअघि पनि हेलिकोप्टर चढेर भोट हाल्न गाउँ पुग्ने गरेका थिए ।

काठमाडौँ बस्ने तथा देश बाहिर पुगेका लाङटाङ क्षेत्रका नाग रिक निर्वाचनको समयमा गाउँ आउने गरेको लामाले बताए ।

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुग्न काठ माडौँ बाट स्याफ्रु बेबेँसीसम्म गाडी र स्याफ्रुबेँ सीबाट पैदल यात्रा पछि मा,,त्र पुगिन्छ । काठ माडौँबाट स्याफ्रुसम्म गाडीमा एक दिन र स्या फ्रुबाट डेढदेखि दुई दिनको पैदल यात्रा गरेर लाङटाङ पुगिन्छ । लाङटाङ ट्रेकिङ टुरिजमको रूपमा समेत चिनिन्छ ।

गोसाइँकुण्ड गाउँपालिका-४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र तोकिएको छ । लाङटाङ क्षेत्रमा तीन सय ६३ जना मतदा ता रहेको निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधि कृत राजेन्द्र नेपालका अनुसार लाङटाङस्थित मतदान केन्द्रमा निर्वाचन गराउन मतदान अधिकृत गोपी विश्वकर्मा,

सहायक मतदान अधिकृत प्रेमशंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।

निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया सुरु गरेका छन् । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चारजना कर्मचारी खटाइने प्रावधानअनुसार कर्मचारी खटाइएको बताइएको छ ।

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 1 Minute 1294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?