२०७९ जेष्ठ ९ सोमबार

पालुङटारबाट कांग्रेसलाइ आयो दु:खद खबर

गाेरखा – पालुङटार नगरपालिका ९ को कामी डाँडामा नेपाली कांग्रेसका उम्मेदवारसहित नेता, कार्यकर्ता चढेको कार दुर्घटना भएको छ । प्रदेश ३–०१–०२४ च १५४० नम्बरकाे कार ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै पल्टिएको हो ।

कारमा कांग्रेसका तर्फबाट वडा नम्बर ९ का अध्यक्षका उम्मे दवार भेजराज पाण्डे, कांग्रेस गण्डकी प्रदेशकी सदस्य रविक  ला खनाल, मोदनाथ मरहट्टा लगायत नेता चढेका स्थानीयवासी आमोस लामाले बताउनुभयो ।

रामज्योति प्रावि मतदान केन्द्र पुगेर फर्कन लागेका बेला ओरा लो बाटोमा कार ब्रेक फेल भइ अनियन्त्रित भएर पल्टिएको उहाँले जानकारी दिनुभयो । कारमा चढेका सबैको अवस्था सामान्य रहेको छ ।

यो पनि,,भाँचिएको खुट्टामा राखिएको रड निकाल्न अस्पताल आएका बिरामीको… काठ माडौं, भाँचिएको खुट्टामा राखेको रड निका ल्ने क्रममा लापरबाही भएको भन्दै भरतपुरको मौला कालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ। गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्र साद तिवारी मंगलबार रड निकाल्न अस्पताल भर्ना भएका थिए।

उनको उपचारका क्रममा मृत्यु भएको थियो। मौलाकालिं,का अस्पतालले उपचारमा लापरबाही गरेर मृत्यु भइसकेपछि कुरुवा लाई थाहै नदिई भरतपुर अस्पताल पुर्‍याएको भन्दै आफन्तले प्रदर्शन गरेका थिए।

मृतकका आफन्त र अस्पताल प्रशासनका बीचमा भएको वार्ता मा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ।

उपचारमा संलग्न डाक्टरको समूहलाई अस्पताल प्रशासनले तुरुन्त कारबाही गरी सार्वजनिक गर्ने सहमति भएको मृतकका भाई प्रजापति तिवारीले बताए। कारबाही प्रचलित कानुनअ नुसार गर्ने सहमति भएको उनले बताए।

तिवारीले मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन अस्पताल सहमत भएको बताए। अस्पतालका प्रबन्ध निर्देशक डाक्टर केशवराज भुर्तेल, चिकित्सकहरु र मृतकका परिवारले हस्ताक्षर

गरेको सहमति पत्रमा बिरामीको मृत्युपछि परिस्थिति खराब हुन्छ भनेर परिवारसँग सल्लाह नै नगरी सरकारी अस्पताल लैजानु आफ्नो कमजोरी भएको अस्पतालले स्वीकार गरेको   छ।

सहमति पत्रमा बायाँ खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्न को लागि उपचारको क्रममा आएका तिवारीलाई अपरेशन कक्ष मा लठ्याउने क्रममा अस्पतालबाट अपनाउनुपर्ने सबै सुरक्षाका उपायहरु नअपनाएका कारण बिरामीको मृत्यु भएको उल्लेख गरिएको छ।

मृतक तिवारी चितवन राष्ट्रिय निकुञ्जको बघौडा मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष हुन्। गत चैत ११ गते स्थानीय सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा आगलागी हुँदा निभाउने

क्रममा उनी रूखको जरामा अल्झिएर लडेका थिए। लगत्तै माडीको बघौडा अस्पतालमा सामान्य उपचार गरेर उनलाई मौलाकालिका अस्पताल ल्याइएको थियो।

खुट्टाको भाँचिएको हड्डी रडले जोडेपछि उनी वैशाखीको सहारामा हिँड्न सक्ने भएका थिए। पाँच दिन अस्पताल बसेर डिस्चार्ज भएका तिवारी ४५ दिनपछि रड झिक्न आएका थिए।

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 0 Minutes 8410 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार