२०७९ जेष्ठ ३ मंगलवार

हुम्लामा १० घण्टा हिँडेर अघिल्लै दिन मतदान केन्द्रमा पुगे मतदाता

२९ वैशाख, सिमकोट । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न जिल्लाको ताजाँकोट गाउँपालिका-३ मासपुर गा उँका ४५ जना १० घण्टा पैदल हिँडेर अघिल्लै दिन बिहीबार मतदान केन्द्रमा पुगेका छन् ।

बिहीबार विहान ६ बजे घरबाट हिँडेका उनीहरु दिउँसो ४ बजे मतदान केन्द्र रहेको वडा कार्यालय रहेको थापागाउँस्थित कैला श आधारभूत विद्यालय पुगेका हुन् । राजनीतिक पहुँच नभएका कारण गाउँमा मतदान केन्द्र नराखिदिएपछि आफूहरु १० घण्टा हिँडेर मतदान गर्न आउनुपरेको मासपुर

गाउँका केशबहादुर रोकायाले बताए । ‘हामीलाई तीन दिन  ला ग्ने  भयो, भोलि नै आउँदा भोट हाल्न भ्याइँदैन, भोट हालेर भो लि नै घर पुग्न सकिँदैन’ अर्का स्थानीय शुरबहादुर बुढाले भ ने । शुक्रबार मतदान गरेपछि उनीहरु शनिबार घर फर्किनेछन् ।

२३ घरधुरी रहेको मासपुर गाउँमा १०३ जना बसोबास गर्छन् । जसमध्ये मतदता नामावलीमा नाम भएका वृद्ध अवस्थाका १० जनाबाहेक अरु मतदान गर्न पुगेका छन् । गाउँकै बानादेव प्राथ  मिक विद्यालयमा मतदान केन्द्र राख्न माग गरे पनि सुनुवाई नभ एको उनीहरु बताउँछन् ।

६१ वर्षका जोख्या बुढा, ७० वर्षीय भीरकला रोकाया, ६० वर्षी य गुरूचन्द बुढालाई बोकेर ल्याइएको स्थानीय शिवबहादुर बुढा ले बताए । ९२ वर्षीय दलवीर रोकाया, ७० वर्षीया बेरूकला बुढा  सहित १० जना मतदाता भने भोट दिन आउन सकेनन् ।

बुढाबुढी, सुत्केरी र घरमा गाइवस्तु हेरचाह गर्नुपर्नेहरु भने मतदान गर्न नआएको बुढाले बताए ।

यो पनि ,,तेह्रथुम, २९ बैशाख । नेपाल तरुण दल तेह्रथुम जि ल्ला उपाध्यक्ष सहित ३ जना कार्यकर्तालाई युवाहरु परिचालन गरेर कु”टाएकाे आ”रोपमा तेह्रथुममा एमालेका एक वडाध्यक्ष को उम्मेदवार प”क्राउ परेका छन् ।

मंगलबार रातिको घ”टनापछि प्रहरी नियन्त्रणका लागि आउदा खाटमुनी लुकेको अवस्थामा उनलाई प्रहरी प”क्राउ गरेको हो ।

पक्राउ पर्नेमा छथर गाउँपालिका वडा – २ का उम्मेदवार मन बहादुर खड्का सहित एमालेकै कार्यकर्ता कृष्णबहादुर कार्की र मेदुना रानामगर रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुच ना अधिकारी छे फिन्जो भोटेले बताएका छन् ।

मंगलबार राति जिल्लाको छथर गाउँपालिकामा २ हमरजुङमा काँग्रेस र एमाले कार्यकर्ताहरुबीच झ”डप भएको थियो । उक्त झडपमा नेपाल तरुण दल तेह्रथुमका उपाध्यक्ष विकास श्रेष्ठ सहित मनिष बस्नेत र सेमिहाङ लिम्बू घा”इते भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको मुख्य जिम्मेवार उनै वडाध्यक्ष भएको भन्दै तरुण दल तेह्रथुमले घोर भत्र्सना गरेको छ । उसले एक बि”ज्ञप्ति  जा री गर्दै घ”टनाको दो”षी खड्कालाई कडा का”रवाही गर्न आ”  ग्रह गरेको छ ।

घटनाका ३ घाइतेहरुको धरानस्थित विपी कोइराला विज्ञान प्र”तिष्ठानमा उपचार भइरहेको छ । उता छथर एमालेले भने काँग्रेसका कार्यकर्ताहरु रातिको समयमा आएर अपशब्द बोल्दै वडाध्यक्षका उम्मेदवार खड्कामाथि आ”क्रमण गरेको जनाएको छ ।

उसले पनि बिज्ञप्ति जारी गर्दै पक्राउ परका खड्कासहित अन्य कार्यकर्ताहरुलाई त”त्काल रिहा”इकाे माग गरेको छ ।

 

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 1 Minute 1714 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार