२०७९ असार १२ आईतवार

मतदानपछि सुनिता डंगोलको यस्तो आग्ह सहितको प्रतिक्रिया-हेर्नुहोस् (भिडिओ सहित)

काठमाडौं, ३० बैशाख । काठमाडौं महानगरपालिकाकी उपमे यरकी उम्मेद्धवार सुनिता डंगोलले आफू आशावादी रहेको बता  एकी हुन् ।

आज मतदानपछि प्रतिक्रिया दिँदै उनले सबैलाई मतदानको अधिकार प्रयोृगर्न पनि अपिल गरिन् ।

पत्रकारले जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्–‘जनताको माया नै हो, जित्ने ठूलो आधार । त्यो माया पाएकी छु । र, अब धेरै दिन कुर्नुपर्दैन्। अब हप्ता दिन कुर्नुपर्छ ।’

उनले आफू विजयी हुनेमा सुरुको दिनदेखि नै विश्वस्त रहेको सुनाईन् ।

उनले अहिले जनताको हातमा अधिकार छोडिदिने बेला भएको सुनाईन् ।

यो पनि ,,२९ वैशाख, सिमकोट । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न जिल्लाको ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका ४५ जना १० घण्टा पैदल हिँडेर अघिल्लै दिन बिहीबार मतदान केन्द्रमा पुगेका छन् ।

बिहीबार विहान ६ बजे घरबाट हिँडेका उनीहरु दिउँसो ४ बजे मतदान केन्द्र रहेको वडा कार्यालय रहेको थापागाउँस्थित कै लाश आधारभूत विद्यालय पुगेका हुन् । राजनीतिक पहुँच नभएका कारण गाउँमा मतदान केन्द्र नराखिदिएपछि आफूहरु १० घण्टा हिँडेर मतदान गर्न आउनुपरेको मासपुर

गाउँका केशबहादुर रोकायाले बताए । ‘हामीलाई तीन दिन ला ग्ने भयो, भोलि नै आउँदा भोट हाल्न भ्याइँदैन, भोट हालेर भो लि नै घर पुग्न सकिँदैन’ अर्का स्थानीय शुरबहादुर बुढाले भने । शुक्रबार मतदान गरेपछि उनीहरु शनिबार घर फर्किनेछन् ।

२३ घरधुरी रहेको मासपुर गाउँमा १०३ जना बसोबास गर्छन् । जसमध्ये मतदता नामावलीमा नाम भएका वृद्ध अवस्थाका १० जनाबाहेक अरु मतदान गर्न पुगेका छन् । गाउँकै बानादेव प्रा थमिक विद्यालयमा मतदान केन्द्र राख्न माग गरे पनि सुनुवाई नभएको उनीहरु बताउँछन् ।

६१ वर्षका जोख्या बुढा, ७० वर्षीय भीरकला रोकाया, ६० व र्षीय गुरूचन्द बुढालाई बोकेर ल्याइएको स्थानीय शिवबहादुर बुढाले बताए । ९२ वर्षीय दलवीर रोकाया, ७० वर्षीया बेरूकला बुढासहित १० जना मतदाता भने भोट दिन आउन सकेनन् ।

बुढाबुढी, सुत्केरी र घरमा गाइवस्तु हेरचाह गर्नुपर्नेहरु भने मतदान गर्न नआएको बुढाले बताए ।

 

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 2294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?