
काठमाडौं । केही महिनादेखि ठप्प रहेको शेयरअन्तर्गत आईपीओ बजार पुनः सुचारु हुने भएको छ । प्राबिधिक तथा व्यवस्थापकीय कारण केही समयदेखि मौनता छाएको आईपीओ खुल्ने भएको हो ।
जसअन्तर्गत भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको तर्फबाट साधरण शेयर बजारमा ल्याउन आधिकारिक प्रक्रिया समेत थालीसकेको बताइएको छ ।
हाल साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरी काम अगाडि बढाइएको हो । सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका १४ लाख ३० हजार १६२ कित्ता आईपीओ बजारमा सर्वसाधरणका लागि पठाउन लागिएको कम्पनीका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए ।
कार्यकारी अध्यक्ष पाण्डे र शिद्धार्थ क्यापीटलका चन्दन कार्कीद्धारा संयुक्त हस्ताक्षेरित सम्झौतापछि केही दिनभित्रै आइपीओ निष्कासन हुने भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।