२०७९ असार १२ आईतवार

काभ्रेको चौरीदेउरालीमा झ”डप लात्ती हा”नाहान

काभ्रेको चौंरीदेउराली गाउँपालिका -६ स्थित एक मतदान केन्द्रमा झड”प भएको छ। एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप लिँदा झ”डपको स्थिति आएको हो। झडपपछि भिडले मतपेटिका बाहिर ल्याएर तो”डफो”ड गरेका छन्।

यो पनि ,,२९ वैशाख, सिमकोट । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न जिल्लाको ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका ४५ जना १० घण्टा पैदल हिँडेर अघिल्लै दिन बिहीबार मतदान केन्द्रमा पुगेका छन् ।

बिहीबार विहान ६ बजे घरबाट हिँडेका उनीहरु दिउँसो ४ बजे मतदान केन्द्र रहेको वडा कार्यालय रहेको थापागाउँस्थित कै लाश आधारभूत विद्यालय पुगेका हुन् ।राजनीतिक पहुँच नभ एका कारण गाउँमा मतदान केन्द्र नराखिदिएपछि आफूहरु १० घण्टा हिँडेर मतदान गर्न आउनुपरेको मासपुर

गाउँका केशबहादुर रोकायाले बताए । ‘हामीलाई तीन दिन ला ग्ने भयो, भोलि नै आउँदा भोट हाल्न भ्याइँदैन, भोट हालेर भो लि नै घर पुग्न सकिँदैन’ अर्का स्थानीय शुरबहादुर बुढाले भने । शुक्रबार मतदान गरेपछि उनीहरु शनिबार घर फर्किनेछन् ।

२३ घरधुरी रहेको मासपुर गाउँमा १०३ जना बसोबास गर्छन् । जसमध्ये मतदता नामावलीमा नाम भएका वृद्ध अवस्थाका १० जनाबाहेक अरु मतदान गर्न पुगेका छन् । गाउँकै बानादेव प्राथ मिक विद्यालयमा मतदान केन्द्र राख्न माग गरे पनि सुनुवाई नभएको उनीहरु बताउँछन् ।

६१ वर्षका जोख्या बुढा, ७० वर्षीय भीरकला रोकाया, ६० व र्षीय गुरूचन्द बुढालाई बोकेर ल्याइएको स्थानीय शिवबहादुर बुढाले बताए । ९२ वर्षीय दलवीर रोकाया, ७० वर्षीया बेरूकला बुढासहित १० जना मतदाता भने भोट दिन आउन सकेनन् ।

बुढाबुढी, सुत्केरी र घरमा गाइवस्तु हेरचाह गर्नुपर्नेहरु भने मतदान गर्न नआएको बुढाले बताए ।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 15020 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?