२०७९ असार १२ आईतवार

म्याकुरी अब छिट्टै बुबा बन्दै,सुम्निमाको जन्मदिनमा खुलाए मिति (भिडियो हेर्नुस्)

पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खतिवडाले गानटोक सिक्किमकि मोडल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिरहरु सा  माजिक संजालमा फैलिएसगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।

अहिले उनीहरू दुवैजना पहिलो पटक मिडियामा आएका छन् ।लामो समयसम्मको प्रेम बारे उनीहरुले खुलेर कुरा गरेका छन् ।राई भएको हुँदा सुरुमा पवनको घरले आपत्ति जनाएपनी उनले परिवारलाई मनाएका थिए ।

आज परेको सुम्निमाको जन्मदिनमा पवनले उनलाई निकै खुशी बनाएका छन् ।उनले श्रीमतीलाई निकै राम्रा गिफ्ट र आफ्नो स्व रम गीत गाएर संगै नाचेका पनि छन् ।उनीहरु अहिले आफ्नो पहिलो बच्चाको तयारी समेत गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

यो पनि ,,२९ वैशाख, सिमकोट । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न जिल्लाको ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका ४५ जना १० घण्टा पैदल हिँडेर अघिल्लै दिन बिहीबार मतदान केन्द्रमा पुगेका छन् ।

बिहीबार विहान ६ बजे घरबाट हिँडेका उनीहरु दिउँसो ४ बजे मतदान केन्द्र रहेको वडा कार्यालय रहेको थापागाउँस्थित कै लाश आधारभूत विद्यालय पुगेका हुन् । राजनीतिक पहुँच नभ एका कारण गाउँमा मतदान केन्द्र नराखिदिएपछि आफूहरु १० घण्टा हिँडेर मतदान गर्न आउनुपरेको मासपुर

गाउँका केशबहादुर रोकायाले बताए । ‘हामीलाई तीन दिन ला ग्ने भयो, भोलि नै आउँदा भोट हाल्न भ्याइँदैन, भोट हालेर भो लि नै घर पुग्न सकिँदैन’ अर्का स्थानीय शुरबहादुर बुढाले भने । शुक्रबार मतदान गरेपछि उनीहरु शनिबार घर फर्किनेछन् ।

२३ घरधुरी रहेको मासपुर गाउँमा १०३ जना बसोबास गर्छन् । जसमध्ये मतदता नामावलीमा नाम भएका वृद्ध अवस्थाका १० जनाबाहेक अरु मतदान गर्न पुगेका छन् । गाउँकै बानादेव प्राथ मिक विद्यालयमा मतदान केन्द्र राख्न माग गरे पनि सुनुवाई नभएको उनीहरु बताउँछन् ।

६१ वर्षका जोख्या बुढा, ७० वर्षीय भीरकला रोकाया, ६० वर्षी य गुरूचन्द बुढालाई बोकेर ल्याइएको स्थानीय शिवबहादुर बुढा ले बताए । ९२ वर्षीय दलवीर रोकाया, ७० वर्षीया बेरूकला बुढासहित १० जना मतदाता भने भोट दिन आउन सकेनन् ।

बुढाबुढी, सुत्केरी र घरमा गाइवस्तु हेरचाह गर्नुपर्नेहरु भने मतदान गर्न नआएको बुढाले बताए ।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 1 Minute 885 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?