
काठमाडौं, ३१ वैशाख । देशभरको प्रारम्भिक चुनावी परिणाम ले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थितिमा व्यापक सुधार आएको देखिएको छ । राप्रपाले केही पालिकाहरुमा अग्रता लिएको छ । केहीमा उसले मुख्य दललाई कडा चुनौती दिइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिकामा राप्रपा दोस्रो स्थानमा छ । बुटवल उपमहान गरपालिकामा पनि राप्रपा दोस्रो स्थानमा छ ।
रुपन्देहीको एउटा पालिकामा राप्रपा अग्रता लिन सफल छ । काठमाडौंको शंखरापुरा नगरपालिकामा राप्रपाले सुरुवाती अग्रता लिएको छ ।
काठमाडौं उपत्यकाका पालिकाहरु, प्रदेश १, तराई र पश्चिम नेपालका पालिकाहरुमा पनि राप्रपाको मत सुधारिएको देखिएको छ ।
राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि राप्रपाको शक्ति बढेको आँकलन गरिएको थियो । चुनावी परिणामले राप्रपा बलियो बनेको देखाएको छ ।-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।