२०७९ असार १७ शुक्रबार

काठमाडौं महानगरपालिका : मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोले सुरुवाती अग्रता लिएका छन्।

स्वतन्त्र उम्मेदवार बालेनले गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका उमेदवार केशव स्थापितलाई पछि पारेका हुन्।गठबन्धनबाट उपमेयरका उम्मेद वार रामेश्वर श्रेष्ठलाई पछि पार्दै डंगोलले अग्रता लिएकी छन्।

अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ। दुवै मतदानकेन्द्रको ७० मत गन्दा डंगोलले ५० भन्दा बढी मतले श्रेष्ठलाई पछि पारेकी छन्।

थप,स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ ।

धोबिनी गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा जित हात पार्दै कांग्रेसले जितको खाता खोलेको हो । उक्त वडाको वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार बन्धु साह तेली निर्वाचित भएका हुन् ।

तेलीले ४ सय ७७ मत पाएका हुन् । उनका निकटतम प्रतिद्व न्दी जसपाका उम्मेदवारले ४ सय ७७ मत मात्रै पाएका छन् । उक्त वडामा महिला सदस्य ,

दलित महिला सदस्य र खुल्ला एक सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् भने बाँकी एक खुल्ला सदस्यमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 0 Minutes 4421 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?