२०७९ जेष्ठ ९ सोमबार

पाख्रिबास नगरपालिकामा ग’ ठबन्धनको प्यानल नै बिजयी भएपछि बिजयी जुलुश

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाको बजार क्षेत्रमा नपाकौ वडा १ मा गठबन्धनको प्यानल नै बिजयी भएपछि बि जयी जुलुश निकालेका छन् ।

वडा नं १ मा गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका उम्मे दवार भोगैन्द्र पाण्डे सहित प्यानलै बिजयी भएका हुन् ।

अन्तिम सार्बजनिक गरिएको मत परिणाम अनुसार वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले ४२३ मत प्राप्त गर्दै बिजयी बनेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का दुर्गा बहादुर थापाले २७९ मत प्रा प्त गरेका छन् ।

त्यस्तै महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका ड म्बर कुमारी अधिकारीले ३९० मत प्राप्त गर्दै बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी एमालेका तारा कार्की(बानि या) ले ३०५ मत प्राप्त गरेका छन् !

दलित महिला सदस्य तर्फ गठबन्धन नेकाका कोपिला सार्कीले ३९९ नत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका धन माया सार्कीले २९८ मत प्राप्त गरेकी छन् ।

खुला सदस्य १ मा गठबन्धन नेकाले ३९४ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेले ३०४ मत र सदस्य २ तर्फ नेकाले ३१९ र एमालेले २९९ मत प्राप्त गरेका छन् ।-धनकुटाखबर

यो पनि ,,२९ वैशाख, सिमकोट । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न जिल्लाको ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका ४५ जना १० घण्टा पैदल हिँडेर अघिल्लै दिन बिहीबार मतदान केन्द्रमा पुगेका छन् ।

बिहीबार विहान ६ बजे घरबाट हिँडेका उनीहरु दिउँसो ४ बजे मतदान केन्द्र रहेको वडा कार्यालय रहेको थापागाउँस्थित कै लाश आधारभूत विद्यालय पुगेका हुन् । राजनीतिक पहुँच न भएका कारण गाउँमा मतदान केन्द्र नराखिदिएपछि आफूहरु १० घण्टा हिँडेर मतदान गर्न आउनुपरेको मासपुर

गाउँका केशबहादुर रोकायाले बताए । ‘हामीलाई तीन दिन ला ग्ने भयो, भोलि नै आउँदा भोट हाल्न भ्याइँदैन, भोट हालेर भो लि नै घर पुग्न सकिँदैन’ अर्का स्थानीय शुरबहादुर बुढाले भने । शुक्रबार मतदान गरेपछि उनीहरु शनिबार घर फर्किनेछन् ।

२३ घरधुरी रहेको मासपुर गाउँमा १०३ जना बसोबास गर्छन् । जसमध्ये मतदता नामावलीमा नाम भएका वृद्ध अवस्थाका १० जनाबाहेक अरु मतदान गर्न पुगेका छन् । गाउँकै बानादेव प्रा थमिक विद्यालयमा मतदान केन्द्र राख्न माग गरे पनि सुनुवाई नभएको उनीहरु बताउँछन् ।

६१ वर्षका जोख्या बुढा, ७० वर्षीय भीरकला रोकाया, ६० वर्षीय गुरूचन्द बुढालाई बोकेर ल्याइएको स्थानीय शिवबहादुर बुढाले बताए । ९२ वर्षीय दलवीर रोकाया, ७० वर्षीया बेरूकला बुढासहित १० जना मतदाता भने भोट दिन आउन सकेनन् ।

बुढाबुढी, सुत्केरी र घरमा गाइवस्तु हेरचाह गर्नुपर्नेहरु भने मतदान गर्न नआएको बुढाले बताए ।

 

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 1 Minute 3157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार