
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन को मत गणना भैरहेको छ। सबैको ध्यान अहिले काठमाडौं को मेयर को हुन्छ भन्नेमा नै केन्द्रित भैरहेको छ।
काठमाडौँमा अहिले धेरै उमेदवार मेयरमा भिडिरहेका छन् ।तर स्वतन्त्र उमेद्वार बालेन शाह, एमालेबाट केशव स्थापित र कांग्रे सबाट सृजना सिंहको भने निकै रोचक भिडन्त भइरहेको हा मीले देख्न सक्छौं ।
अहिलेको ताजा परिणामले बालेन शाहले यसरी अग्रता लिइरहेका छन् ।
ताजा मत परिणाम :-
मेयर तर्फ :-
बालेन शाह = २०७१
केशव स्थापित = ११६४
सृजना सिंह = १००६
उपमेयरमा सुनिता डंगोलले एक्लै अग्रता लिइरहेकि छिन् २०७५ मतका साथ ।
यो पनि ,,धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाको ब जार क्षेत्रमा नपाकौ वडा १ मा गठबन्धनको प्यानल नै बिजयी भएपछि बिजयी जुलुश निकालेका छन् ।
वडा नं १ मा गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका उम्मे दवार भोगैन्द्र पाण्डे सहित प्यानलै बिजयी भएका हुन् ।
अन्तिम सार्बजनिक गरिएको मत परिणाम अनुसार वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले ४२३ मत प्राप्त गर्दै बिजयी बनेका छन् भने वहांका निकटतम प्र तिद्वन्दी नेकपा(एमाले) का दुर्गा बहादुर थापाले २७९ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर कुमारी अधिकारीले ३९० मत प्राप्त गर्दै बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी एमालेका तारा का र्की(बानिया) ले ३०५ मत प्राप्त गरेका छन् !
दलित महिला सदस्य तर्फ गठबन्धन नेकाका कोपिला सार्कीले ३९९ नत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका धन माया सार्कीले २९८ मत प्राप्त गरेकी छन् ।
खुला सदस्य १ मा गठबन्धन नेकाले ३९४ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेले ३०४ मत र सदस्य २ तर्फ नेकाले ३१९ र एमालेले २९९ मत प्राप्त गरेका छन् ।-धनकुटाखबर
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।