२०७९ जेष्ठ २ सोमबार

काठमाडौं महानगरपालिकामा अहिलेको गतिमा मतगणना हुँदा कति दिन लाग्छ?

काठमाडौं महानगरपालिकामा मतगणना कार्य निकै सुस्त भएको भन्दै आलोचना बढेको छ । हालसम्म महानगरपा लिकामा झन्डै साढे ६ हजार मतगणना भएको छ । काठमा    डौं महानगरपालिकामा मतदानको भोलीपल्ट बैशाख ३१ गते बिहान ९ बजेदेखि मतगणना सुरु भएको थियो ।

मतगणना थालेदेखि हालसम्म २८ घण्टामा जम्मा ६ हजार ४ सय ७३ मत गणना भएको छ । यो हिसावले एक घण्टामा २ सय २८ वटा मत गणना भएको देखिन्छ । काठमाडौं महानगर पा लिकामा १ लाख ९१ हजार मत खसेको छ ।

अहिले भइरहेको दरमा मत गणना हुने हो भने खसेको कुल   मत गन्न ८ सय ३५ घण्टा लाग्ने देखिन्छ, यो भनेको झन्डै ३४ दिनको समय हो । कूल ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा ६३ प्रतिशत मत खसेको थियो ।

अघिल्लो निर्वाचन २०७४ सालमा यो महानग रको मतगणना सम्पन्न गर्न २ साता लागेको थियो ।ढिलो गतिमा मत गणना भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बिभिन्न किसिमका ट्रोल बनाउन तथा ब्यङ्ग्य गर्न थालेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तिम मत परिणाम आउँदा बालेन साहको अवस्था भनेर उनको दारी फुलेको फोटो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले मत गणक नै मतगणना कति पुग्यो भने पूर्व सचिव भीम उपाध्यायको फेसबुक चेक गर्दै भनेर ब्यङ्ग्य गरेका छन् ।

कतिपयले किताबको पाना पल्टाएको आधारमा आफूलाई     पुरै किताब कण्ठ हुने भनेर भ्रम फैलाएका विजय शाहीलाई बोलाउनुपर्ने भन्दै ब्यङ्ग्य गरेका छन् ।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 645 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार