२०७९ असार १२ आईतवार

भरतपुरमा रेनु दाहाललाई लाग्यो ध’क्का, हेर्नुहोस् यस्तो छ ताजा अप्डेट

चितवन / चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । माओवादीबाट मेयरकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् ।

विजयले ३ मतको अग्रता लिएका हुन् । आइतबार राति ८ बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २७०१ तथा राप्रपाकी हिमला गुरुङले १९७५ मत पाएकी छन् । अहिलेसम्म भरतपुरमा ६७७७ मतगणना सकिएको छ ।

यो पनि पढ्नुहोस् : काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्। साँझ ७ बजेको मतपरिणामअनुसार शाह एमाले उम्मेदवार केशव स्थापितभन्दा १८३८ मतले अगाडि छन्।

शाहले ३ हजार ८३४ मत प्राप्त गरेका छन्। स्थापितले भने १ हजार ९९६ मत प्राप्त गरेका छन्। यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ८०२ मत प्राप्त गरेकी छन्।

उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलले तेब्बर अग्रता बनाएकी छन्। उनले ३ हजार ३८४ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत प्राप्त गरेका छन्।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 7033 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?