२०७९ असार १२ आईतवार

ओलीलाई वडामै झ’ट्का, मतदान गरेको वडामा काँग्रेसको प्यानलै विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा नेपाली कांग्रेसले नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गरेको हो।

कांग्रेसका प्रदीप कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए। उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकातर्फबाट विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे।

खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन्। महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा (दाहाल) ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५१७ मत ल्याई विजयी भएका छन्।

यो पनि पढ्नुहोस् :हेटौंडामा एमालेलाई पछी पार्दै राप्रपा अगाडी लाग्यो , कडा प्रतिस्पर्धाको आकलनउपमहान गरपालि कामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिइरहेकी छन् । एमाले तेस्रो स्थानमा झरेको छ हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ ।

हालसम्म २२ सय ७४ मतसहित गठबन्धनकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् ।दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपक सिंह रहेका छन् । उनले २२ सय २५ मत प्राप्त गरेका छन् तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेल रहेका छन् ।

उनको २१ हजार १२ मत प्राप्त भएको छ ।उपमेयरमा गठबन्धनका राजेश बानियाँले ३३०१ मत ल्याएका छन् भने एमालेको २७७६ मत प्राप्त भएको छ ।

यो पनि,,काठमाडौं महानगरपालिकामा अहिले को गतिमा मतगणना हुँदा कति दिन लाग्छ? काठमाडौं महानगरपालिकामा मतगणना कार्य निकै सुस्त भए को भन्दै आलोचना बढेको छ । हालसम्म महानगरपालिकामा झन्डै साढे ६ हजार मतगण ना भएको छ । काठमाडौं महानगरपालिकामा मतदानको भोलीपल्ट बैशाख ३१ गते बिहान ९ बजेदेखि मतगणना सुरु भएको थियो ।

मतगणना थालेदेखि हालसम्म २८ घण्टामा जम्मा ६ हजार ४ सय ७३ मत गणना भएको छ । यो हिसावले एक घण्टामा २ सय २८ वटा मत गणना भएको देखिन्छ । काठमाडौं महानगरपा लिकामा १ लाख ९१ हजार मत खसेको छ ।

अहिले भइरहेको दरमा मत गणना हुने हो भने खसेको कुल मत गन्न ८ सय ३५ घण्टा लाग्ने देखिन्छ, यो भनेको झन्डै ३४ दिनको समय हो । कूल ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा ६३ प्रतिशत मत खसेको थियो ।

अघिल्लो निर्वाचन २०७४ सालमा यो महानग रको मतगणना सम्पन्न गर्न २ साता लागेको थियो ।ढिलो गतिमा मत गणना भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बिभिन्न किसिमका ट्रोल बनाउन तथा ब्यङ्ग्य गर्न थालेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तिम मत परिणाम आउँदा बालेन साहको अवस्था भनेर उनको दारी फुलेको फोटो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 0 Minutes 692 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?