२०७९ जेष्ठ ३ मंगलवार

वर्षा सन्जोगको सम्बन्ध किन चिसियो ? किन हट्यो बर्षाको इन्स्टाबाट सन्जोगसंगको तस्बिर

काठमाडौं / अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाबीचको सम्बन्ध धेरैका लागि उदाहरण बन्ने गरेको छ । एकअर्कालाई हरेक पाइलामा साथ दिँदै आएका उनीहरुले ६ वर्ष लामो प्रेम सम्बन्धलाई चार वर्षअघि विवाहमा परिणत गरेका हुन् ।

वर्षा चलचित्रको काममा बढी व्यस्त छिन् भने सञ्जोग आफ्नो व्यवसायमा नै सक्रिय छन् । वर्षा र सञ्जोगको सामाजिक सञ्जाललाई फलो गर्ने हो भने यी दुईले घुमघामका तस्वीरदेखि एकअर्कासँग रमाएका थुप्रै तस्वीर पोष्ट गरेका थिए ।

तर, अभिनेत्री वर्षा राउतको इन्स्टाग्रामबाट भने केही दिनयता सञ्जोगसँगका अधिकांश तस्वीर हटेका छन् । वर्षाले सञ्जोगसँग खेलेका विज्ञापनका भिडियो र फोटो बाहेक दुई जनाका अन्य तस्वीर हटाएकी छन् । सञ्जोगको इन्स्टाग्राममा भने वर्षासँगका तस्वीर सबै हेर्न सकिन्छ ।

नेपाली चलचित्रको लभ बर्डको रुपमा चिनिएका वर्षा र सञ्जोगले केही दिनअघि चिया अड्डाको नयाँ शाखा उद्घाटन समारोहमा एकसाथ अन्तर्वार्ता दिएका थिए । तर, वर्षाको इन्स्टाबाट सञ्जोगसँगका अधिकांश तस्वीर हट्नुले उनीहरुको सम्बन्धमा कतै चिसोपना आएको त होइन भन्ने अड्कल उनीहरुका फ्यानहरुले लगाएका छन् ।

यस विषयमा कुरा गर्दै वर्षाले भनिन्, ‘हाम्रो झगडा पर्दा मैले दुईजनाको सबै फोटो अर्काइभमा राखेकी हुँ, कहिलेकाहीं त श्रीमानलाई घुर्की देखाइहालिन्छ नि ।’

 

२०७८ पुष २१, बुधबार प्रकाशित 1 Minute 276 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार