२०७९ असार १२ आईतवार

काठमाडौं महानगर अपडेट : स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेन नै अगाडि

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता का यम गरेका छन् । महानगरको १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म स्वतन्त्र उम्मेदवार साह ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमाले का उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । एमाले उ म्मेदवार स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गरेका छ न् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्ज ना सिंहले २ हजार ६५७ मत ल्याएकी छन् ।

अरु उम्मेदवार कसको कति ?
मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उ म्मेदवारहरूले क्रमशः कलम १२, तराजु ६५, हलो ५२२, मादल ७, हँसिया र तारा २, चक्का ७, कुखुराको भाले २, हृदय ९, खड्ग ६, सुँगा

३, करुवा २, तीर २, साँचो २, कार २, किताव ९, बाघ १, आधा खोसेला निस्किएको मकैको घोगा १, पुतली १, खरायो २, भुइँ कटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, तिलहरी १, रिक्सा १, आँखी झ्याल ५१९ र टायरको चुनाव चिन्ह लिएर उठेका मेयरका उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।

उपमेयरमा डंगोल अगाडि
शाखा अधिकृत श्रेष्ठका अनुसार उप मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अग्र स्थानमा छन् । उनले हाल सम्म ५ हजार ८ सय ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै गठब  न्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत ल्याएका छन् ।

त्यस्तै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः तराजु २७८, हलो १,२४९, मादल ५, हँसिया र तारा ३, चक्का ७, कमलको फूल ३, हृदय १, खड्ग १, सुँगा १, करुवा ६, गोला कार भित्र हँसिया हतौडा १, किबोर्डसहितको कम्प्यूटर ४, तीर १, बाघ २,

आधा खोसेलो निकालिएको मकैको घोगा ११, पुतली १, खरायो २, भुइँकटहर १, आँप २, गुलावको फूल २, लौरो ६२३, खानेपा नीको धारा १, कैँची १, मुडा ३, जेब्रा ३, लाल्टिन २, घण्टाघर ४, क्याप ३८, अर्ना ६, आँखीझ्याल ५८३ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपालि कामा अहिले १,२,३,४,५,३१ र ३२ वडाको मत गणना भएको छ । जसमा १ नम्बर वडाको मत परिणाम आइसकेको छ ।

 

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 1 Minute 350 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?