२०७९ असार १४ मंगलवार

मोदी हात जोडेर ध्यानमा देउवा हाँत बाँधेर हल्लिएको हल्लियै (भिडिओ)

काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी मा इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चरको शिलान्या स गरिरहँदा हात जोडेर ध्यानमा बसे ।

आँखा चिम्लिएर मोदी ध्यानमा बस्दा प्रधानमन्त्री शेरबहादुर देउवा भने फरक तरिकाले प्रस्तुत भए ।देउवा बौद्ध भिक्षुहरुले मन्त्र पढिरहँदा हात बाँधेर मात्र बसे । उनी न त आँखा चिम्लन पुगे न त ध्यानमा बसे ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

देउवा पत्नी आरजु देउवा भने उठेर हात जोडेर ध्यानमा देखिइन् । देउवा बेला बेलामा टोपी मिलाउने पनि गरिहेको देखिन्थे ।

यो पनि,,भरतपुर महानगरपालिकामा फेरि मतगणना सुरुभरत पुर महानगरपालिकामा फेरि मतगणना सुरु भएको छ । महा नगरको वडा नम्बर २ मा ३० कम भेटिएपछि मतगणना केहीबेर रोकिएको थियो ।मुचुल्कामा भन्दा ३० मत कम देखिएको दल का प्रतिनिधिहरुले बताएका छन् ।

३० मत कम भेटिएपछि नेकपा एमालेले मुख्य निर्वाचन कार्या लयमा सोमबार निवेदन दिने भएको छ ।भरतपुर महानगरपालि कामा गठब न्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्र की रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा प्रति स्पर्धा भइरहेको छ ।

यो पनि,,हेटौंडामा राप्रपाले लियो अग्रता।१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एकीकृत समाजवादीलाई उछिनेको छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका हुन् ।

सिंहले २ हजार ७१० मत ल्याएका छन् भने लामाको २ हजार ६६९ मत रहेको छ ।यसैगरी हेटौंडा उपमहानगरपालिकाको उप मेयरमा भने नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् भने उनलाई

एमालेका सुमित्रा काफ्लेले ३ हजार १६ मतका साथ पछ्याइरहेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन् ।

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 0 Minutes 8843 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?