२०७९ असार १२ आईतवार

भरतपुरमा बिजय सुबेदिको अग्रता कायम नै रह्यो!

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल अर्का उम्मेदवार एमाले विजय सुवेदी भन्दा ६८ मतले पछि परेकी छन् । महानगरपालिकामा १३७६५ मत गणना सम्पन्न हुँदा उनले ४६२० मत पाएकी छन् भने सुवेदीले ४६८८ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०७४ मत पाए  का छन् । यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ५४८२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३७२५ मत पाएकी छन् ।

यो पनि,,भरतपुरमा रेनु दाहालभन्दा विजय सुवेदीको अग्रता भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगर प्रमुखको ११ हजार २०७ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ८९९ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले भने ३ हजार ८५६ मत पाएकी छन् । महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५४८ मत पाएका छन् ।

उपप्रमुखमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३१ मत हासिल गर्दै अग्रतालाई फराकिलो बनाएका   छन् ।

उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले ३ हजार ४१ मत पाएकी छन् । गुरुङलाई एमालेले समेत समर्थन गरेको थियो ।

यो पनि,,चुनावी परिणामले देशभर राप्रपाको शक्ति बढेको देखायो

काठमाडौं, ३१ वैशाख । देशभरको प्रारम्भिक चुनावी परिणाम   ले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थितिमा व्यापक सुधार आएको देखिएको छ । राप्रपाले केही पालिकाहरुमा अग्रता लिएको छ । केहीमा उसले मुख्य दललाई कडा चुनौती दिइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिकामा राप्रपा दोस्रो स्थानमा छ । बुटवल उपमहान गरपालिकामा पनि राप्रपा दोस्रो स्थानमा छ ।

रुपन्देहीको एउटा पालिकामा राप्रपा अग्रता लिन सफल छ । काठमाडौंको शंखरापुरा नगरपालिकामा राप्रपाले सुरुवाती अग्रता लिएको छ ।

काठमाडौं उपत्यकाका पालिकाहरु, प्रदेश १, तराई र पश्चिम नेपालका पालिकाहरुमा पनि राप्रपाको मत सुधारिएको देखिएको छ ।

राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि राप्रपाको शक्ति बढेको आँकलन गरिएको थियो । चुनावी परिणामले राप्रपा बलियो बनेको देखाएको छ ।-

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 0 Minutes 3205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?