
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार खिलध्वज पन्थी सहितका कांग्रे सका उम्मेदवारले बहुमतका साथ भारी मतान्तरले रेसुङ्गा नगरपालिकामा विजयी हासिल गरेसँगै पुनः यस नगरपालि कामा चार तारे झण्डा हरिएको छ ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा नि र्वाचित भएका हुन् ।
उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर उपप्रमुख निर्वाचित भएको मुख्य निर्वाचन अधि कृतको कार्यालयले जनाएको छ ।
नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे यले ७ हजार ३२० मत ल्याए । उपप्रमुखमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् । हेर्नुस भिडियो-
यो पनि ,,स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानग रपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् । महानगरको १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म स्वतन्त्र उम्मेदवार साह ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमा लेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । एमाले उम्मेदवार स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६५७ मत ल्याएकी छन् ।
अरु उम्मेदवार कसको कति ?
मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः कलम १२, तराजु ६५, हलो ५२२, मादल ७, हँसिया र तारा २, चक्का ७, कुखुराको भाले २, हृदय ९, खड्ग ६, सुँगा
३, करुवा २, तीर २, साँचो २, कार २, किताव ९, बाघ १, आधा खोसेला निस्किएको मकैको घोगा १, पुतली १, खरायो २, भु इँकटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, तिलहरी १, रिक्सा १, आँखी झ्याल ५१९ र टायरको चुनाव चिन्ह लिएर उठेका मेयरका उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।
उपमेयरमा डंगोल अगाडि
शाखा अधिकृत श्रेष्ठका अनुसार उप मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अग्र स्थानमा छन् । उनले हालसम्म ५ हजार ८ सय ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत ल्याएका छन् ।
त्यस्तै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः तराजु २७८, हलो १,२४९, मादल ५, हँसिया र तारा ३, चक्का ७, कमलको फूल ३, हृदय १, खड्ग १, सुँगा १, करुवा ६, गोलाकार भित्र हँसिया हतौडा १, किबोर्डसहितको कम्प्यूटर ४, तीर १, बाघ २,
आधा खोसेलो निकालिएको मकैको घोगा ११, पुतली १, खरायो २, भुइँकटहर १, आँप २, गुलावको फूल २, लौरो ६२३, खानेपानीको धारा १, कैँची १, मुडा ३, जेब्रा ३, लाल्टिन २, घण्टाघर ४, क्याप ३८, अर्ना ६, आँखीझ्याल ५८३ मत प्राप्त गरेका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपा लिकामा अहिले १,२,३,४,५,३१ र ३२ वडाको मत गणना भए को छ । जसमा १ नम्बर वडाको मत परिणाम आइसकेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।