२०७९ असार १२ आईतवार

भरतपुरको विहानी अपडेट ४ वडाको मतगणना सकिँदा यस्तो आयो मतपरिणाम

काठमाडौं । भरतपुर महानगरपालिकामा ४ वटा वडाको मतगण ना सकिएको छ। मंगलबार बिहानसम्म १७०३४ मतगणना हुँदा सत्ता गठबन्धनबाट मेयर उम्मदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल ३० मतले अघि छन्।

उनले ५७१८ मत पाएकी छन्। उनका प्रतिष्पर्धी एमालेका विज य सुवेदीले ५६८८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्ना थ पौडेल २७८८ मत पाएका छन्।

उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका चित्रसेन अधिकारीले ६९८२ मत पाएका छन् भने राप्रपा(एमाले गठबन्ध नकी हिमला गुरूङले ४६२८ मत ल्याएकी छन्।

चार नम्बरको वडा अध्यक्षमा कांग्रेसका अर्पण पोखरेल विजयी भएका छन्। उनले २५३० मत पाए भने एमालेका भानुभक्त सा पकोटाले १६३३ मत पाए।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्ध नको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेको ले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उन को उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहे को छ ।

अहिलेसम्म २३० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरि णाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जितेको छ ।

अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुख/उपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा (एकी कृत समाजवादी), जनता समाजवादी, नेमकिपा, जनमोर्चाल गायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।

वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ।

अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुख/उपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा (एकी कृत समाजवादी), जनता समाजवादी, नेमकिपा, जनमोर्चालगा यत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।

 

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 1 Minute 1284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?