
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघी य परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्वीटले तरंग ल्याएको छ । बाबुरामले जनता स्थापित दलहरू सँग सन्तुष्ट नरहेको बताउदै गरेको ट्वीटले सामाजिक सञ्जाल मा खैलाबैला नै मच्चिएको हो ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘समग्र समीक्षा हुँदैगर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ-जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
सत्तामा शुन्यता होला भन्ने डरले मात्र जनताले उठेका मतदा तालाई मत दिएको दाबी उनले गरेका छन् । जनतासँग विकल्प नहुँदा यस्तो अवस्था सृजना भएको उनले जनाएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बाले न शाह लगायत देशभरका स्वतन्त्र उम्मेदवारतर्फ ईंगित गर्दै बा बुरामले अर्को खराब अर्थात नयाँ व्यक्तीलाई जनताले भोट हालि रहेको टिप्पणी गरेका छन् । उनले यो दुःखद कुरा समेत रहेको बताएका छन् ।
‘नो भोटको प्रावधान नहुँदा र सत्तामा शुन्यता हुननसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन्, दुःखद
कुरा विकल्प पनि छैन ’, उनले भनेका छन् । ७५३ स्थानीय तहमा भएको निर्वाचनमा डा। भट्टराईको पार्टी जसपाले हाल सम्म मात्र ३ पालिकाको प्रमुख जित्न सफल भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।