२०७९ असार १३ सोमबार

राप्रपाले गाड्यो काठमाडौंमा विजयको झण्डा, सबैलाई पराजित गर्दै मेयरमा निकाल्यो शानदार जित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा विजयको झण्डा फहराएको छ । काठमाडौंको शंखरापुर नगरपालिकामा सत्ता गठबन्धन, एमाले र स्वतन्त्र समेतलाई पराजित गर्दै राप्रपा विजयी भएको हो । राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो ।

राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।

राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं। ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

यो पनि ,,स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महान गरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् । महानगरको १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म स्वतन्त्र उम्मेदवार साह ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमा लेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । एमाले उम्मेदवार स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सि र्जना सिंहले २ हजार ६५७ मत ल्याएकी छन् ।

अरु उम्मेदवार कसको कति ?
मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः कलम १२, तराजु ६५, हलो ५२२, मादल ७, हँसिया र तारा २, चक्का ७, कुखुराको भाले २, हृदय ९, खड्ग ६, सुँगा

३, करुवा २, तीर २, साँचो २, कार २, किताव ९, बाघ १, आधा खोसेला निस्किएको मकैको घोगा १, पुतली १, खरायो २, भुइँ कटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, तिलहरी १, रिक्सा १, आँखी झ्याल ५१९ र टायरको चुनाव चिन्ह लिएर उठेका मेयरका उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।

उपमेयरमा डंगोल अगाडि
शाखा अधिकृत श्रेष्ठका अनुसार उप मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अग्र स्थानमा छन् । उनले हाल सम्म ५ हजार ८ सय ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै गठबन्ध नको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामे श्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत ल्याएका छन् ।

त्यस्तै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः तराजु २७८, हलो १,२४९, मादल ५, हँसिया र तारा ३, चक्का ७, कमलको फूल ३, हृदय १, खड्ग १, सुँगा १, करुवा ६, गो लाकार भित्र हँसिया हतौडा १, किबोर्डसहितको कम्प्यूटर ४, तीर १, बाघ २,

आधा खोसेलो निकालिएको मकैको घोगा ११, पुतली १, खरायो २, भुइँकटहर १, आँप २, गुलावको फूल २, लौरो ६२३, खानेपा नीको धारा १, कैँची १, मुडा ३, जेब्रा ३, लाल्टिन २, घण्टाघर ४ , क्याप ३८, अर्ना ६, आँखीझ्याल ५८३ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपालि कामा अहिले १,२,३,४,५,३१ र ३२ वडाको मत गणना भएको छ । जसमा १ नम्बर वडाको मत परिणाम आइसकेको छ ।

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 0 Minutes 1320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?