२०७९ असार १७ शुक्रबार

ब्रेकिङ : यस्तो छ भरतपुरको पछिल्लो मत परिणामको ताजा अपडेट

भरतपुर / भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तरण बढाएकी छन्। पछिल्लो मतपरिणामअनुसार दाहालले ७३५१ मत पाएकी छन्।

एमालेका उम्मेदवार विजय सुवेदीले ७०२८ मत ल्याएका छन्। दाहाल सुवेदीभन्दा ३२३ मतले अघि छिन्। त्यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३५६२ मत ल्याएका छन्। पछिल्लो समय उनले मतान्तर घटाउँदै लगेका छन्।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८९०६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५८०३ मत पाएकी छन्।

यो पनि, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा विजयको झण्डा फहराएको छ । काठमाडौंको शंखरापुर नगरपालिकामा सत्ता गठबन्धन, एमाले र स्वतन्त्र समेतलाई पराजित गर्दै राप्रपा विजयी भएको हो । राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो ।

राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।

राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं। ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 0 Minutes 1736 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?