२०७९ असार १२ आईतवार

ब्रेकिङ : भरतपुरमा तातियो माहोल, हेर्नुहोस् यस्तो छ पछिल्लो मत परिणामको ताजा अपडेट

भरतपुर । भरतपुर महानगर पालिकाको मतगणना जारी रहेको छ । पछिल्लो मतगणनाअनुसार दाहाललाई १३६८ मतको अग्रता छ । एमालेका विजय सुवेदीले ७९९४ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ९२४६ मत पाएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१९१ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ११०३५ मतका साथ अग्रता बनाइरहेका छन् ।

यो पनि, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा विजयको झण्डा फहराएको छ । काठमाडौंको शंखरापुर नगरपालिकामा सत्ता गठबन्धन, एमाले र स्वतन्त्र समेतलाई पराजित गर्दै राप्रपा विजयी भएको हो । राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो ।

राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।

राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं। ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 0 Minutes 9777 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?