
काठमाडौं । सर्वाधिक चासोको महानगर काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह चुनिनेमा शाहका समर्थकहरु शत प्रतिशत ढुक्क देखिएका छन् । काठमाण्डौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार साह निर्वाचित हुनेमा उनका समर्थक हरु लगभग ढुक्क देखिएका हुन् ।
बालेनले अहिलेकै अनुपातमा मत पाएर मेयर निर्वाचित हुने उनीहरुको विश्वास छ।बालेनले अन्य उम्मेदवारको तुलनामा दोब्बर भन्दा वढि मत ल्याएर अग्रता कायम राखेका छन् । अहिलेसम्मको नतिजा अनुसार बालेनले ११३४३ मत पाएका छन् भने नेकपा एमालेका
उम्मेदवार केशव स्थापितले ६२५८ मत र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५४०८ मत पाएका छन् । प्रारम्भिक चरणमै उ नले पाएको मतको अनुपातका कारण समर्थकहरु हौसिएका छन् । उनीहरु बालेन मेयरमा निर्वाचित भएपछि महानगरमा के के काम गर्न
सकिन्छ भनेर अहिले नै योजना पनि वनाउन थालेका छन् । जसका लागि सामाजिक सञ्जालमा सुझाव संकलन गर्न थालिएको छ। बालेनका समर्थकहरु मध्ये नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले फेसवुकमा योजनाहरुका लागि सुझाव मागेका छन् ।
‘बालेनले जितेपछि काठमहानगरको अधिकार र कार्यक्षेत्रको सिमा भित्र रहेर उनले केके काम प्राथमिकताका साथ कसरी गर्नुपर्ला? सुझाव दिनुहोला!’ भन्दै उनले लेखेका छन् ।
यो पनि ,,काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १२ हजार ८७९ मत ल्याउँदै अग्र स्थानमा सफल भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६ हजार ९९० मत तथा नेपाली काँग्रेसकी सिर्जना सिंहले ६ ह जार १२९ मत ल्याएकी छन् । निर्वाचन अधिकृतका अनुसार हालसम्म काठमाडौँ महानगरको १,२,३, ५ को मतगणना सम्प न्न भएर घोषण भइसकेको छ ।
हाल वडा नम्बर ४,६,२९, ३०,३१ र ३२ का साथै ७ को गणना जारी रहेको छ । हालसम्म प्रमुख पदमा ३३ हजार ८१३ मत गणना भएको छ जसमध्ये १२२८ मत बदर भएको छ । यता उपमेयरमा भने नेकपा एमालेकी सुनिता
डंगोलले १३ हजार ९८ मत बटुलेकी छन् । उनको प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीले मात्र ४ हजार ७४ मत ल्याएको छ भने राप्रपाले २ हजार ५१० मत बटुलेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।