२०७९ असार १२ आईतवार

कटारीमा एमालेले खोल्यो खाता, वडा नम्बर १३ र १४ मा एमाले विजयी

उदयपुर / उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । कटारी नगरपालिका–१३ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार शम्भु श्रेष्ठ र वडा नम्बर १४को वडा अध्यक्ष पदमा मा नेकपा एमालेका नै अमर मगर विजयी भएका छन् ।

१३ का शम्भु श्रेष्ठले चार सय उनान्नब्बे मत प्राप्त गरी ८४ मतान्तरले उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका नेकपा माओवादीका विवेक श्रेष्ठ लाई पराजित गर्दै विजयी भएका हुन् ।

विबेक श्रेष्ठले चारसय पाँच मत प्राप्त गरेका थिए । यसै गरी वडा नम्बर १४ मा ५ सय ७२ मत प्राप्त गरी अमर मगर विजयी भएका छन् । अमर मगरले उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार ठाकुर मगरलाई २२ मत ले पराजित गर्दे विजयी भएका हुन्। ठाकुरले पाच सय ५१ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस्  :

उदयपुरको कटारीमा मत गणना गर्दा भर्खरै प्राप्त जानकारी अनुसार काङग्रेसले अग्रता लिईरहेको छ । काङग्रेस र एमाले बिच कडा प्रतिस्पर्धा चलिरहेको छ । काङग्रेसका प्रमुख पदका उम्मेद्वार राजेसचन्त्र श्रेष्ठले ८५१ मत प्राप्त गरेका छन् ।

एमालेका अर्को प्रतिस्पर्धी उम्मेद्वार ज्ञानेन्द्र श्रेष्ठले ८२६ मत प्राप्त गरेर काङग्रेस लाई पछ्याईरहेका छन् ।स्वतन्त्र उम्मेद्वारमा कृष्णप्रसाद बराल ले ८० मत प्राप्त गरेका छन्।

उपप्रमुख एमालेका उम्मेद्वार गीता खड्काले ८७४ मत प्राप्त गरेकी छिन् भने । माओवादी केन्द्रका उम्मेद्वारले ६८० मत प्राप्त गरेका छन् भने स्वतन्त्र पदका उम्मेद्वार कृष्णबहादुर थापा क्षेत्रीले १२४ मत प्राप्त गरेका निर्वाचन अधिकृतले बताए ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 0 Minutes 417 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?