
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना प्रारम्भि क चरणमै भए पनि उपमेयर उम्मेदवार सुनिता डंगोललाई बधा ईको ओइरो लाग्न थालिसकेको छ । प्रतिस्पर्धी उम्मेदवारसँग भीमकाय अन्तराल कायम हुँदा
उनको जित निश्चितप्रायः देखिन्छ एमालेबाट उम्मेदवार बनेकी सुनिताले सुरुदेखि गठबन्धन बाट नेकपा एकीकृत समाजवादी का उम्मेदवार रामेश्वर श्रेष्ठले भन्दा चारगुणा बढी मत ल्याइर हेकी छन् । पूर्ण रुपमा एकतर्फी देखिएको
यो प्रतिस्पर्धामा खासै उत्सुकता बाँकी छैन सुनिता चाहिँ कत्ति को निर्धक्क छिन् ? उनैलाई सोधियो ।अझै बाँकी छ कति काउ न्टिङ, तर अहिलेसम्म राम्रो भइरहेको छ । हेर्दै जाउँ’, सुनिताले जवाफ दिइन् ।जति भोट बढ्दै जान्छ,।।
त्यति जिम्मेवारी थपिएको महसुस हुँदै गएको उनको अनुभव छ । ‘मेरो लागि प्रत्येक भोटले जिम्मेवारी थपि रहेको छ, ममाथि गरिएको आशा र भरोसालाई खेर जान दिनु हुँदैन भन्ने भावना प्रगाढ बनिरहेको छ’, उनले भनिन् ।
सुनिताले सुरुमा काठमाडौंको मेयरमै उम्मेदवारी दिने सोच बनाएकी थिइन् । तर, एमालेले उपमेयर अफर गरेपछि उनले स्वीकारेकी हुन् । यो निर्णय उनका निम्ति निकै फाइदाजनक देखिएको छ । सुनिता आफैले नसोचेको
भोट ल्याइरहेकी छिन् ।उनलाई यति धेरै भोट किन ओइ रियो ?उनको आफ्नै विश्लेषण यस्तो छः‘यो जनताको माया र आशी र्वाद हो । एमाले जस्तो जनतामाझ स्थापित पार्टीको उम्मेदवार हुन पाउनु नै मेरो लागि सबैभन्दा ठूलो
कुरा थियो । यसका अतिरिक्त मैले विगतदेखि गर्दै आएको काम लाई समेत हेरेर मेरो क्षमता माथि विश्वास गरेर भोट दिनुभएको जस्तो लाग्छ यो माया र विश्वासप्रति म अत्यन्त अनुगृहीत छु । मलाई प्राप्त भएको प्रत्येक मतको जतन
गर्नेछु ।’यता, मेयरको प्रतिस्पर्धामा भने ठूला दलहरुलाई स्तब्ध तुल्याउँदै स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरिरहेका छन् । उनी पनि निकट प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर अन्तरले अगाडि छन् । यसर्थ, काठमाडौं महानगर
वासीले बालेन र सुनितालाई मेयर र उपमेयरको कुर्सीमा देख्न थालिसके ।सुनिता भने अहिले त्यसरी अनुमान गरिहाल्नु हतार हुने बताउँछिन् ।मत गणना अहिले पनि सुरुवाती अवस्थामै छ र धेरै मतहरु गन्न बाँकी रहेकाले
परिणाम यस्तै होला भनेर ठोकुवा गर्न सकिन्न । अरु सबैलाई जस्तै मलाई पनि उत्सुकता बढि रहेको छ । तर, जे परिणाम आउँछ, त्यसलाई सबैले सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ कि नकि जनता नै अन्तिम निर्णयकर्ता हुनुहुन्छ’,
सुनिताले भनिन् ।चुनावी अभियानका क्रममा सुनिताले बालेन साहको विषयमा गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । उनले एउटा भाषणमा आफू ले चुनाव जितेप छि काठमाडौंमा एमफी थियटर बनाउने र
बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् । अब बालेन नै मेयर बन्ने सम्भावना बढेपछि सुनिता के भन्छिन् ?उनले आ फ्नो अभिव्य क्तिको बचाउ गर्दै भनिन्, ‘मेरो भनाइलाई कसले कसरी बुझ्नु भयो, तर मैले त्यस्तो गलत त बोलेको
थिइनँ । र्याप भनेको नराम्रो कुरा होइन ।यो पनि संगीत को एउटा विधा हो । उहाँले यदि मेयर जित्नुभयो भने पनि र्याप गाउन छोड्नुपर्छ जस्तो लाग्दैन भोलि मेयरकै पदमा बसेर पनि एमफी थिएटरमा गाउन सक्नुहुन्छ । अरु देशमा
पनि हामीले विभिन्न उच्च ओहदामा रहनुभएका व्यक्ति हरुले आफ्नो विशेष कलाहरु स्टेजमा देखाउनुभएको पाउँछौं । त्यसै ले यो नराम्रो हुँदै होइन ।’उनी थप्छिन्, ‘काठ माडौंमा युवाहरु लाई यस्तो प्लेटफर्म होस्, जहाँ उनीहरुले
आफ्नो विभिन्न प्रतिभा प्रष्फुटन गर्न सकून् भन्ने यो एउटा अवधारणा हो । त्यसैले एमफी थिएट रको कुरा गरेको थिएँ बालेनजीले जिते पनि न जिते पनि त्यहाँ पफर्म गर्न सक्नु हुन्छ । लिडर सिपमा भएको मान्छेले आफ्नो प्रतिभालाई
स्टेजमा प्रस्तुत गर्नु भनेको त राम्रो हो । यसले अरुलाई पनि प्रोत्साहन मिल्छ नि होइन र ? यो कुरालाई लिएर कसैले मन दुखाउनु पर्दैन जस्तो लाग्छ । यदि म उपमेयर भएँ पनि आफै पनि स्टेजमा पफर्म गर्नलाई धक मान्ने छैन
यदि बालेन मेयरमा निर्वाचित भएमा उनले यो नतिजालाई कसरी लिनेछिन् ?सुनिता भन्छिन्, ‘सबैभन्दा पहिले त कुनै पनि निर्णय आफैमा सकारात्मक वा नकारात्मक हुँदैन । त्यस लाई हामीले सकारात्मक बनाउने हो । यो चुनावको
रिजल्ट जे आए पनि मैले सही वा गलत भन्न मिल्दैन । यो रिजल्टलाई सही सावित गर्ने हाम्रै हातमा हुन्छ । हामीले टि मवर्क गरेर काठमाडौं बासिन्दाको हितमा काम गर्न प्रयास गर्ने हो ।’अन्तिममा सुनितालाई सोधियो, ‘बालेन
एउटा स्वतन्त्र उम्मेदवार, तर तपाईं एउटा पार्टी को प्रतिनिधि । तपाईंहरुको ट्युनिङ कत्तिको मिल्ला ?’उनले जवाफ दिइन्, ‘यो विषयमा चा हिँ अहिले नै बोल्नु अलि हतारो हुन्छ जस्तो लाग्छ । हामी सबैले समयलाई नै
प्रतीक्षा गर्नुपर्ला । तर, यति चाहिँ भन्छु कि जेसु कै रिजल्ट आए पनि काठमाडौं महानगरवासीले गर्नुभएको विश्वास लाई कदर गर्दै सामूहिक भाव नाका साथ काम गर्न पनि म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’सुनिताको एउटा गित
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।