२०७९ असार १७ शुक्रबार

बालेन दाईको चस्मा नाम दिएर इकमर्श कम्पनीहरु बेच्न थाले चस्मा, कोटको समेत खोजी हुन थाल्याे

अनलाइन ईकमर्श कम्पनीहरु ‘बालेन दाईको चस्मा’ नाम दिएर बालेन साहले लगाउने चस्मा बिक्रीको नयाँ फण्डा निकालेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार बालेन साहले लगाउने चस्माको चौतर्फी खोजी हुन थालेपछि अनलाइन सपिङ कम्पनीह रुले समाजिक सञ्जालमा मिमि बनाएर बिक्री का लागि प्रचारप्रसार थालेका हुन् ।

अहिले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि खसे को मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेकपा एमालेका उम्मेद्वार केशब स्थापितभन्दा दोब्बर मतान्तर अर्थात १७ हजार ३१ मत पाएका छन् ।

स्थापितले ८ हजार १ सय ७६ मत पाएका छन् ।मेयरमा उम्मे दवारी घोषणा र उम्मेदवारी दर्तापछि काठमाडौँका मेयरका उम्मे दवारमध्ये सर्वाधिक खाेजीमा परेका उम्मेदवारको रुपमा स्थापि त बालेन शाह यतिबेला उनको चस्माले सर्वत्र चर्चा पाइरहेको छ ।

उनी कुनै पनि कार्यक्रममा होस अथवा जहाँकाही जादाँ होस कालो चस्मा कतै पनि छुटाउदैनन ।

बालेनले लगाउने चस्माको बजारमा पनि उच्च माग रहेको बताइन्छ । यो चस्माको आधिकारीक नाम नभएपनि नेपालका इकमर्श कम्पनीहरुले बालेन शाहको चस्मा नाम दिएका छन् ।

चर्चित इकमर्श कम्पनी ग्यापू मार्केट प्लेसले पनि बालेनले लगाउने चस्मालाई बालेन दाइको चस्मा नाम दिएर विक्रीका लागि समाजिक सञ्चारमा राखेको छ ।

ग्यापूले यो चस्माको मूल्य ८९९ तोकेको छ । बजारमा यो चस्माको मूल्य ९ सयदेखि माथि रहेको छ ।

सामाजिक सञ्जालमा फेसबुक पेज मार्फत पनि बालेन साहले लगाउने चस्माको फरक फरक मुल्य राखेर अनलाइन बिक्रीमा राखिन थालेको छ । कतिपयले उनले लगाउने कोटको समेत खोजी गर्न थालिसकेका छन् ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 0 Minutes 290 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?