२०७९ असार १२ आईतवार

ब्रेकिङ : भरतपुरको पछिल्लो मत परिणामको ताजा अपडेट, लगातार अन्र्त’घा’तको मारमा सुवेदी

चितवन। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै गएकी छन् । ३२ हजार ८९४ मत गणना हुँदा दाहालले नेकपा एमालेका विजय सुवेदीलाई २३ सय ३८ मतले पछि पारेकी हुन् ।

यसअगाडि ३१ हजार ६९३ मतगणना हुँदा उनले २१ सय ९८ मतको अग्रता लिएकी थिइन् । रेणुले १२३५२ मत पाउँदा एमालेका विजय सुवेदीले ९९६७ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको भूईँकटहर चुनाव चिह्नमा ५३५५ मत खसेको छ । त्यस्तै उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी १४६११ मतसहित अग्रस्थानमा हुँदा राप्रपाकी हिमला गुरुङले ८०७४ मत ल्याएकी छन् ।

उनीहरूबीच ६५ सय ३७ मतको अन्तर रहेको छ । कूल एक लाख ८५ हजार ७५२ मतदाता रहेको उक्त महानगरमा ६८.६७ प्रतिशत अर्थात एक लाख २७ हजार ५६६ मत खसेको छ ।

लगातार अन्र्त’घा”तको मारमा सुवेदी

भरतपुर महानगरपालिकामा चलिरहेको मतगणनालाई अध्ययन गर्दा स्वतन्त्र उम्मेदवार जगन्ननाथ पौडेलको उम्मेदवारीबाट एमालेले फाइदा लिने आकलन गरिएको थियो तर त्यस्तो भएको पाइएन ।

कांग्रेसका नेता तथा कार्यकर्ताले सुरुमा जे जस्तो असन्तुष्टि रहे पनि मतगणनालाई हेर्दा भने सबैले मेयरमा दाहाललाई नै मतदान गरेको देखिन्छ । दाहालले कांग्रेसको मात्र होइन एमाले कार्यकर्ताको समेत भोट प्राप्त गरेको देखिन्छ ।

एमालेले आफ्नै मत जोगाउन नसकेको प्रारम्भिक मतपरिणामबाट स्पष्ट हुन्छ । वडा अध्यक्षमा एमालेका उम्मेदवारले पाएको जति मत पनि मेयरका सुवेदीले प्राप्त गर्न नसक्नुलाई अन्र्तघातको रुपमा नै लिन सकिन्छ । मतगणनामा एक भोट हँसिया–हतौडामा हालेर बाँकी भोट सूर्यमा हालेको मतपत्र धेरै भेटिनु अन्तर्घातकै उदाहरण हो ।

एमालेको राम्रै पकड रहेको मानिएको वडा नम्बर ५ बाट रेनुले आफ्नो अग्रता बढाउन क्रम सुरु गरिन् । वडा अध्यक्षमा एमालेले १ हजार ९५१ मत पाएको वडा नम्बर ५ मा मेयरमा एमालेले १ हजार ४०९ मत मात्रै ल्याए । अन्य गणना भएका वडाहरुमा पनि त्यस्तै अवस्था रहेको देखिन्छ ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 1 Minute 410 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?