२०७९ असार १२ आईतवार

काठमाण्डौ महानगरपालिकामा ५४ हजार ४ सय ८९ मत गन्दा यस्तो छ उम्मेदवारहरूको प्राप्त मत

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मे दवार बालेन शाहले २० हजार मत कटाउनु भएको छ । महा नगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा बालेन शाहले २० हजार ६ सय ७९ मत प्राप्त गर्नु भएको छ  ।

उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ९ हजार ५ सय ७६ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ११ हजार १ सय ३ मत प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५ सय ५६ मत प्राप्त गर्नु भएको छ  ।  उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फरा किलो अग्रता कायमै छ । उहाँले अहिलेसम्म २० हजार ७ सय ३ मत ल्याउनु भएको छ।

एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ५ सय ३३ मत पाउनु भएको छ ।

यो पनि ,,कुश्मा : पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित परादीमा जीप र बस ठो क्किएर भएको दु र्घटनामा परी एक जनाको मृ त्यु भएको छ। मृ त्यु हुनेमा जीपका चालक बागलुङ को काठेखोला गाउँपालिका वडा नं. ७ का ३१ वर्षिय लालब  हादुर थापा मगर रहेका छन्।

दु र्घटनामापरि १३ जना घा इते भएका छन्। घा ईतेमध्ये तीन जनाको अवस्था ग म्भीर छ। उनीहरुलाई थप उपचारका लागि पोखरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। अन्य १० जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहे  को छ।

बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो र पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बस ठो क्किदा दु र्घटना भएको जिल्ला प्रहरी कार्या लय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिका रीले बताए।

जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ। केही घाइतेहरूलाई जिपभित्रै च्या पिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए।

अहिले उपचार नै चलिरहेको कारण सबै घाइतेहरूको पहिचान खुलि नसकेको इन्स्पेक्टर अधिकारीले बताए। ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत दिशाबाट गुडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

 

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 1 Minute 938 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?