२०७९ असार १७ शुक्रबार

भरतपुरमा रेनु र बिजय बिचको प्रतिस्पर्धा के हुँदैछ ? यस्तो छ ताजा मतपरिणाम

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहाल ले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महानगरपालि कामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फरा किलो बनाउँदै लैजानुभएको हो ।

दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गर्नुभएको हो । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका,

७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

यो पनि ,,कुश्मा : पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित परादीमा जीप र बस ठो क्किएर भएको दु र्घटनामा परी एक जनाको मृ त्यु भएको छ। मृ त्यु हुनेमा जीपका चालक बागलु ङको काठेखोला गाउँपालिका वडा नं. ७ का ३१ वर्षिय लाल बहादुर थापा मगर रहेका छन्।

दु र्घटनामापरि १३ जना घा इते भएका छन्। घा ईतेमध्ये तीन जनाको अवस्था ग म्भीर छ। उनीहरुलाई थप उपचारका लागि पोखरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। अन्य १० जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहे को छ।

बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो र पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बस ठो क्किदा दु र्घटना भएको जिल्ला प्रहरी कार्याल य पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ।

केही घाइतेहरूलाई जिपभित्रै च्या पिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। अहिले उपचार नै चलिरहेको कारण सबै घाइतेहरूको पहिचान खुलि नसकेको इन्स्पेक्टर अधिकारीले बताए। ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत दिशाबाट गुडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 0 Minutes 1354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?