२०७९ असार १२ आईतवार

मतगणना भइरहेकै बेला बालेन शाहलाई पुत्री लाभ

काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदा वार बालेन शाहलाई पुत्रीलाभ भएको छ । जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहलाई आज पुत्री लाभ भएको हो ।

बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् । बालेन निकट श्रोतले जानकारी दिए अनुसार बालेनले म तगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् ।

उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत भन्दै बधाई दिइर हेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मे दवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका साथ अग्रतालाई निरन्तरता दिएका छन् । वालेनले आफ्नो प्रतिस्पर्धी नेकपा (ए  माले)का केशव स्थापित भन्दा दोब्बर बढी मत ल्याएर अग्रता लाई निरन्तरता दिएका हुन् ।

ताजा मत परिणाम अनुसार वालेनले हालसम्म २० हजार भन्दा धेरै मत प्राप्त गरेका छन्, भने केशव स्थापितले १० हजार भन्दा धेरै मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका उम्मेदवार नेपाली कां ग्रेसकी सिर्जना श्रेष्ठ पछि पछि रहेका छन् ।

यता महानगरको उप–मेयरमा भने नेकपा (एमाले)की सुनिता ढंगोलले अग्रता कायम राखेकी छन् । उनले हालसम्म १६ हजार भन्दा धेरै मत प्राप्त गरेकी छन्, भने उनका प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठले २,५७५ मत र राप्रपाकी विनिता मगैयाले १,७०९ मत प्राप्त गरेकी छन् ।

यो पनि ,,चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय ग ठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो ।

दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गर्नुभएको हो । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका,

७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 0 Minutes 561 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?