२०७९ असार १२ आईतवार

काठमाडौंमा मतपरिणाममा उलटपुलट, बालेनले हार्ने संकेत!

काठमाडौं– काठमाडौं महानगरपालिकामा कोर एरियाको मत गणना सुरु भएको छ। अहिले काठमाडौं–२७ को मत गणा सुरु भएको छ। सुरुवाती २०० मत गन्दा एमालेका केशव स्था पि तले अग्रता लिएका छन्। महावौद्ध क्षेत्रमा पर्ने यो वडामा २०० मत गन्दा स्थापितले ११८ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ। नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् । कोर एरियाको भोट प्याट्रय यसरी नै अघि बढ्ने हो नतिजा उलटपुल ट हुने संक्ने संकेत देखिएको छ।

यो पनि,,गगन थापालाई निर्वाचन क्षेत्रमा धक्का : काठमाडौँ -४ मा पर्ने सबैजसो वडामा पराजित २०७४ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)ले जितेको छ ।

थापाको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपा लिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालि काका ४ वटा वडा पर्दछन् । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौँको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छन् । यी सवै वडाको वडाध्य क्ष एमा लेले जितेको छ । यस्तै बूढानीलक ण्ठको मेयर र उपमेयरमा पनि एमाले विजयी भएको छ ।यो नगरपालिकाको वडा नम्बर १ मा एमालेका सुरेन्द्र लामाले ८४५ मत

ल्याएर विजयी बन्दा काँग्रेसका उम्मेदवार उत्तम खड्काले ४७३ मत पाए भने वडानम्बर २ एमा लेकै राजेन्द्र श्रेष्ठ ११६० मतले निर्वाचित हुँदा काँग्रेस उम्मेदवार जनक थापा १०८३ मतमा चित्त बुझाउन बाध्य भए ।

वडानम्बर ८ मा सुमन तामाङ,९ मा सुमित्रा त्रिपाठी र १० मा नवराज भट्टराई निर्वाचित भए । वडानम्बर ८ मा एमालेका तामाङले १५२२ मत ल्याउँदा काँग्रेस वडाध्यक्षका उम्मेदवार राजाराम थापाले १०६८ मतमात्रै पाए ।

९ नम्बरमा एमालेकी त्रिपाठीले ९४८ मतसहित विजयी बन्दा काँग्रेसका गणेशकुमार कोइरालाले ८७५ मत मात्र पाए । १० नम्बर वडामा एमालेकै नवराज भट्टराईले २५८१ मत ल्याएर विजयी बन्दा काँग्रेसका डोरप्रसाद आचार्यले १३११ मत मात्रै पाए ।

११ नम्बर वडामा एमालेका राजु अधिकारी १२९३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेस उम्मेदवार राधेश्याम कार्कीले १२५५ मत मात्रै पाए ।१२ नम्बर वडामा शम्भु भट्टराई र १३ मा टीकाना रायण श्रेष्ठले क्रमश १३७९ र १६८७ मत ल्याएर निर्वाचित बन्दा काँग्रेसका सुनित चालिसे र भरत श्रेष्ठले क्रमश ११४२ र १४७३ मत मात्र पाए ।

बूढानीलकण्ठका ८ वटै वडा बाहेक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौँ महानगरपालिकाको सार्वजनिक परिणाममध्ये वडानम्बर १ पनि एमालेले नै जितेको छ । यो वडामा एमालेका भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका किरण श्रेष्ठ ५९८ मतमा चित्त बुझाउन बाध्य भए ।वडा नम्बर ७ को गणना जारी छ ।

जसमा काँग्रेसका विमल होडाले अग्रता कायम गरेका छन् भ   ने काँग्रेसका कृष्णमणि भट्टराई प्रतिस्पर्धामा छन् । त्यस्तै वडानम्बर ८ को प्रारम्भिक नतिजा नै सार्वजनिक भएको छैन भने ३० नम्बर वडामा एमालेका उम्मेदवार कृष्णभक्त खड्गी भन्दा काँग्रेसका उम्मेदवार दलबहादुर कार्की अघि छन् ।

२०७४ को संसदीय निर्वाचनमा काँग्रेसका थापा र एमालेका राजन भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला थापाले २१ हजार ५५८ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १८ हजार १४० मत पाएर पराजय भएका थिए ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 1 Minute 14387 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?