२०७९ असार १३ सोमबार

सगरमाथा चढेर गायक राजु लामाले रचे इतिहास , यसरी गरियो सम्मान (भिडियो सहित)

काठमाडौँ — गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । ज लवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगर माथाको क्याम्प—३ मा पुगेर गीत गाएका हुन् ।

उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्र म बनेको छ ।राजुले आफ्नो सार्वजनिक नै नभएको हिमालले डाक्यो मलाई बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन् । यस बाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए ।

ु६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन, गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एक भिडि ओ पोस्ट गर्दै लेखेका छन्, ‘तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्‍यो ।

हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यस को प्रभावबारे सचेतनाको सन्देश दिनु हो । यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए ।

तलको भिडियो हेर्नुहोस्..

यो पनि ,,५ जेठ, महोत्तरी । बर्दिबास नगरपालिका, महोत्तरीको वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि माओेवादी केन्द्रका समसेर सिंहले विजय उत्सव मनाए ।

पार्टीको बलियो पटक मानिएको बर्दिबासको मेयरमा माओवादी उम्मेदवार तेस्रो स्थानमा छ । वडाध्यक्षमा त्यस्तै परिणाम आ एको बेला समसेर विजय भएकाले माओवादीले पनि खुसी सा ट्यो । तर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीबाट आएको फोनले माओवादी केन्द्रसँगै समसेरलाई नराम्रो झड्का दियो ।

निर्वाचन कार्यालयका अनुसार अरु वडाको मत गणना गर्दै जाँ दा सरस्वती आधारभूत विद्यालयको एउटा बाक्स भेटिएको हो । अब त्यसको गणना गर्नुपर्ने भएको छ । ‘हाम्रो तीन वटा मत दान केन्द्र थियो ।

सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा म तपेटिका छुटेको रहेछ भनेर मैले पनि विहान सुनेँ,’ समरेस भन्छन्, ‘विजय घोषणा गरिदिनुभयो, हामीले विजय उत्सव मनाऔं । अहिले एउटा बक्सा भेटिएपछि समस्या आयो ।’श्रोत : अनलाइन खबर

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 1 Minute 1013 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?