२०७९ असार १७ शुक्रबार

कमल थापाले सिध्याएको राप्रपालाई राजेन्द्र लिङ्देनले ब्यूँताए

काठमाडौं – यसपटक स्थानीय तहको निर्वाचन मा राप्रपा जबर्जस्त ढंगले अगाडि आएको छ ।कमल थापा अध्यक्ष हुँदा अघिल्लो निर्वाचनमा राप्रपाले बाँके उपमहानगरपालिका, झापा को हल्दीबार गाउँपालिका र धादिङको एक

गाउँपालिका जित हात पारेको थियो ।देशभर जित्ने वडाध्यक्षा को संख्या निकै कम थियो । तर राप्रपा अध्यक्षमा राजेन्द्र लि ङ्देन आएपछि राप्रपाले काठमाडौंकै शंखरापुर नगरपालिका जितेको छ ।

६० भन्दा वडाध्यक्ष जितेको छ । त्यो पनि प्यानलसहित । मक वानपुरमै हेटौंडा उपमहानगरपालिकाको मेयरमा दीपक सिंह दोस्रो पोजिसनमा छन् ।

झापाको दमक नगरपालिकामा राप्रपाका राम थापाले जित्ने सम्भावना बाँकी नै छ । यसपटक राजेन्द्र लिङ्देनले राप्रपामा युवालाई जुन मौका दिए त्यसले पनि राप्रपाको संगठन बलियो बनेको देखिएको छ ।

यदि कमल थापाले राप्रपाका धेरै नेता कार्यकर्ता नलगेका भए राप्रपाले ठूला पार्टीलाई राम्रै चुनौती दिने देखिएको छ । किन भने राप्रपाले देशभर एक्लै चुनावमा उत्रिएको छ ।

स्थानीय निर्वाचनमा राप्रपाले पाएको जुन सदभाव र माया छ यसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले चार–पाँचवटा प्रत्यक्ष सांसद र समानुपातिक सांसद १५ जना जति जित्ने अनुमान गरिएको छ ।

जसले राप्रपा बलियो शक्तिका रूपमा उदाउने संकेत देखिएको छ ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 1 Minute 1118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?