
काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो २४ हजार मत कटाउँदै निन्तर अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार बालेनले २४६१८ मत प्राप्त गरेका छन्। अहिलेसम्म ६१ हजार ३१५ मतगणना भएको छ।
दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार ५७३ मत प्राप्त गरेका छन्। बालेन स्थापितभन्दा ११ हजार ७५१ मतले अघि छन्। गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गरेकी छन्।
यो पनि, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा विजयको झण्डा फहराएको छ । काठमाडौंको शंखरापुर नगरपालिकामा सत्ता गठबन्धन, एमाले र स्वतन्त्र समेतलाई पराजित गर्दै राप्रपा विजयी भएको हो । राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो ।
राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।
राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।
यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं। ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।