२०७९ असार १३ सोमबार

राप्रपाले एमालेबाट खोस्यो शिवराज नगरपालिकाको मेयर

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अजय थापा निर्वाचित भएका छन्। थापा ७६०२ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोखरेलले ७१२८ मत पाएका छन्।

यस्तै नेपाली कांग्रेसका हुमकान्त खनाल ५४७७ मतसहित तेस्रो स्थानमा छन्। यसअघिको निर्वाचनमा एमालेका नेत्रराज अधिकारी विजयी भएका थिए। उनले कांग्रेसका प्रेमबहादुर सिंह रायमाझीलाई पराजित गरेका थिए। अधिकारीले ६१५५ मत ल्याउँदा रायमाझीले जम्मा २२७९ मत ल्याएका थिए।

यसपालि शिवराजको उपमेयरमा भने एमालेकै शिवकुमारी चौधरी विजयी भएकी छन्। उनी यसअघि पनि यहाँकी उपमेयर थिइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी शारदा कार्कीले ६१८५ मत ल्याएकी छन्। राप्रपाकी विपाशा चौधरी भने ५१५९ मतसहित तेस्रो स्थानमा छिन्।

यो पनि, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा विजयको झण्डा फहराएको छ । काठमाडौंको शंखरापुर नगरपालिकामा सत्ता गठबन्धन, एमाले र स्वतन्त्र समेतलाई पराजित गर्दै राप्रपा विजयी भएको हो । राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो ।
राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।
राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।
यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं। ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 0 Minutes 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?