२०७९ असार १३ सोमबार

भीम रावलको आ’क्रो’शः कुलमान घिसिङ रा’ष्ट्र’घा’ती (भिडियो सहित)

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले रा’ष्ट्र’घा’ती काम गरेको आ’रो’प लगायतका छन् । रावलले अरुण चौथो जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएकोमा आपत्ति जनाएका हुन् । प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेको उनको आरोप छ ।

आज संसद बैठकमा बोल्दै रावलले अरुण तेस्रो निर्माण गर्न प्राधिकरणलाई अधिकार दिइएकोमा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र औपचारिक निर्णयविना भारतलाई सेयर बिक्री गर्न लागिएको बताए । उनले भने, ‘भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्री देउवाको निर्देशनमा कुलमान घिसिङले राष्ट्रिय हितविपरीतको सम्झौता गर्नुभएको छ ।’

भारतबाट ३२ रुपैयाँ प्रतियुनिटमा बिजुली किनिरहेको प्राधिकरणले नेपालमा बिजुली बढी भएको हल्ला फैलाएर स्वदेशी नदीनाला विदेशीको हातमा सुम्पिन खोजेको रावलले आरोप लगाए । ‘यो सरकारले जलस्रोतका सन्दर्भमा राष्ट्रिय हितमा काम गर्ने आशा छैन । कोसी, गण्डकीकै नियति भोग्नुपर्ने भएको छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले डडेलधुरामा चुनावी सभामा बोल्दै चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने कुतर्क गरेको रावलले बताए । ‘के नेपालले अब स्वतन्त्र राष्ट्रका रुपमा आफ्नो निर्णय लिन नसक्ने भयो ?’, उनले प्रश्न गरे ।

यो सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोण नरहेको रावलले बताए । उनले थपे, ‘भारतीय प्रधानमन्त्रीको छेउमा बसेर निदाउने र छटपट गर्ने प्रधानमन्त्री भएको सरकारले कालापानी, सुस्ता जस्ता अतिक्रमित भूभागहरु कसरी फिर्ता ल्याउँछ ?’ – प्रहार न्युज बाट

थप जानकारीको लागी हेर्नुहोस् भिडियो सामाग्री

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 1 Minute 3628 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?