२०७९ असार १२ आईतवार

चुनाबमा राम्रो नतिजा आएपछि मन्त्री झाक्री धरधरी रुए अन्तरबार्तामै (हेर्नुस भिडिओ)

काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाज वादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकु मारी झाँक्रीले काठमाडौं महा नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहलाई आफ्नो पार्टीमा स्वागत गर्न तयार रहेको बताएकी छन् ।

उनले आफूले शाहलाई सफल भएको हेर्न चाहेको पनि बताई्न् ।उनले भनिन्–‘म उहाँलाई सक्सेस भएको हेर्न चाहन्छु, उहाँ  को उमेरमा हामीले निर्वाचन लड्ने मौका पाएनौं, हामी पार्टीको अर्थो डोक्स सिस्टमभित्र बसेकोले विद्रोह गर्न सकेनौं ।

उहाँले गर्नुभयो । बालेन शाहजीलाई मेरो पार्टीमा वेलकम गर्न चाहन्छु । तपाईँ सक्सेस हुनुहोस ।’

झाँक्रीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम आफूहरुकोलागि अपेक्षित नै रहेको बताएकी छिन् । उनले आफूहरुको लागि विद्रोह बाध्यता रहेको सुनाईन् ।

आफ्नो पार्टीले अहिलेको स्थानीय तहको नि र्वाचनबाट प्राप्त गरेको परिणामबाट विचलन नभएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले एमाले विशाल पार्टी नै भएको र अहिले एमालेलाई हराउन आफूहरु काफी नै भएको बताईन् । यसपटक आफू    ले पनि नेपाली कांग्रेस लाई मत हालेको उनले बताईन् ।

उनले आफूहरुको पुस्तामा लोकतान्त्रिक प्रक्रियामा हिँड्ने       र एक अर्काको सह–अस्तित्व स्विकार गर्ने संस्कृति रहेको सुनाईन् । उनले आफू अहिलेपनि गठबन्धनकै पक्षमा रहेको स्पष्ट पारिन् ।

उनले यो गठबन्धन आजको जबरजस्त आवश्यकत्ताले बनेको दाबी गरिन् ।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 0 Minutes 4238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?