२०७९ असार १७ शुक्रबार

भ्रष्टाचार नगर्ने, कमिसन नखाने भन्दै देउताको घण्टा छोएर पदभार ग्रहण

मुगु । जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् ।

आफनो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका छन् ।

भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने कसम खाएर प्रसिद्ध देवताका २ वटा घण्टा समाती पदभार सम्हालेका हुन् ।

नगरबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने, ५ बर्षको पारिश्रमिकबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।

नगरका सम्पूर्ण वस्तीमा विद्युत सेवा विस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरबासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउने भामले बाचा गरेका छन् ।

उनले वडाअध्यक्ष हुदा पनि ५ बर्षको पारिश्रम रकम नगरका सबै बस्तीस्तरका गरिव दलित जेहेन्दारलाई राहत वितरण गरेका थिए ।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 0 Minutes 500 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?