२०७९ असार १७ शुक्रबार

ब्रेकिङ : हेर्नुहोस काठमाडौँ महानगरपालिका मतगणनाको ताजा अपडेट

सर्वाधिक चर्चामा रहेको काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी रहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साहले ३० हजार मत कटाएका छन् ।

यो समाचार तयार पार्दासम्म साहको लौरो चुनाव चिह्नमा ३०८५८ मत आएको छ । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापित १६३३७ र गठबन्धनतर्फ नेपाली कांग्रेसकी सिर्जना सिंहले १५९६० मत ल्याएकी छन् ।

स्थापित र साहबीच १४ हजार ५२१ मतको अन्तर छ भने एमालेका स्थापित र कांग्रेसकी सिंहबीच जम्मा ३७७ मतान्तर छ । यसअगाडि उनीहरूबीच ५५८ मतको अन्तर रहेकोमा पछिल्लो समय सिर्जनाले स्थापितसँग मतान्तर घटाउँदै लगेकी हुन् ।

जबकी स्वतन्त्र उम्मेदवार साह गठबन्धनकी सिंहभन्दा १४ हजार ८९८ मतले अगाडि छन् ।

सोही पदमा राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १७९० मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२३५ मत ल्याएका छन् । उनीहरूबीच ५५५ मतको अन्तर रहेको छ ।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोल २६५७५ मतका साथ शीर्षस्थानमा छिन् । उनलाई पछ्याइरहेका गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८५९१ मत पाएका छन् ।

३२ वडा रहेको यो महानगरमा सूचीकृत ३ लाख २४२ मतदाता मध्ये जम्मा १ लाख ९१ हजार १८६ मत खसको थियो

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 0 Minutes 958 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?