२०७९ असार १३ सोमबार

नेपालकै अचम्मको व्यक्ति- श्रीमतीले छोडेर गएपछि ६ बर्षदेखि कुकुर र गाईवस्तु सँगै सुत्छन्, सँगै उठ्छन (हेर्नुस् भिडियो सहित )

बर्दियाका प्रकाश मल्लको कामलाई सबैले अनौठो मान्दछन् । बिगत ६ बर्षदेखि प्रकाश कुकुर र पशुपंक्षीहरुसँगै खान्छन्, सुत्छन् र उठ्छन् । वास्तवमा प्रकाश ६ बर्ष यता दुख र पि  डामा रहेका र अप्ठेरोमा परेका कुकुर, गाईवस्तुहरुलाई रेस्क्यु गरिरहेका छन् ।

उनी अप्ठेरोमा परेका गाई वस्तु र कुकुरहरुको बारेमा जानकारी पाएसम्म देशका बिभिन्न ठाउँहरुमा पुग्छन् । यसै क्रममा उनी यहि कामका लागि थाईल्याण्ड पनि पुगिसकेका छन् । प्रकाश को भनाई छ, बरु मान्छे नभए यो

सन्सार चल्छ तर पशुपंक्षी बिना यो सँसार चल्दैन । प्रकाश पहिले झगडालु स्वभावका, लागुपदार्थ सेवन गर्ने र कुलतमा फसेका थिए । उनको जीउनमा कसरी यो परिवर्तन आयो ?

६ बर्षअघि आफ्नो बैवाहिक सम्बन्ध बिग्रेपछि र श्रमितीसँग डिभोर्स भएपछि प्रकाश डिप्रेशनमा पुगे । उनी कुलतमा पनि फसे । त्यसँगै आफ्नो घरमा आएको एउटा कुकुरले उनको जीवन परिवर्तन गरिदियो । जाडोमा काम्दै आएको कुकर पछि रहेन, उनी आफुले उक्त कुकरलाइृ बचाउन नसकेपछि अरु कुकुरको ज्यान बचाउन लागे ।

सम्पुर्ण पशु र पँक्षीका उत्पादनहरु त्यागे । अहिले प्रकाशको जीवन निकै फरक छ । काठमाडौंमा शिशिर भण्डारीसँग कुकु रलाई रेस्क्यु गरेपछि कुराकानी गर्न पुगेका प्रकाशले आफ्नो जीवन कथा यसरी बताए । भिडियो हेर्नुस

यो पनि ,,चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवे दीलाई ५५९० मतान्तरले पछि पारेकी छन् ।

ताजा मत परिणाम अनुसार गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले २८ हजार ८०८ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले २३ हजार २१८ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अ धिकारीले ३१ हजार १२१ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १८ हजार २२ मत प्राप्त गरेकी छन् ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 1 Minute 721 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?