२०७९ असार १२ आईतवार

गठबन्धन सफल भएको भन्दै प्रचण्डले गरे अर्को ठूलो घोषणा, हारको पिडा रहेको एमालेमाथि थपियो झन् तनाव

काठमाडौं । गठबन्धन सफल भएको भन्दै सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को ठूलो घो’ष’णा गरेका छन् । देशको राजनीतिमा निर्णायक बन्दै आएका प्रचण्डले आसन्न प्रदेशसभा र प्रतिनिधीसभाको चुनावमा पनि यही गठबन्धन जाने बताएका हुन् ।

प्रचण्डले वर्तमान सत्ता गठबन्धनले देशमा विकासको यात्रा प्रारम्भ गरेको बताएका छन् । उनले चुनावी तालमेल पनि सफल भएको बताए । मध्यपुर थिमि नगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट विजयी उमेदवारलाई शनिबार बिहान खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म लिएर जाने बताए ।

“हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो । मूलभूत रूपमा गठबन्धन सफल भएको हो,” उनले भने, “यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प हो । यसमा हामी गठबन्धनका दलहरू दृढ छौँ ।”

प्रचण्डले निर्वाचित जनप्रतिनिधिहरूलाई विकास, समृद्धि र जनताको हितमा राम्रो काम गर्ने चुनौती रहेकोतर्फ सचेत गराए । यसैबीच, यता प्रचण्डलाई भेट्न नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल खुमलटार पुगेको खबर बाहिरिएको छ ।

प्रचण्डलाई भेट्न नेकपा एमालेका उपाध्यक्ष पोखरेल आज विहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए । भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका स्रोतले बताएको छ ।

यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए । यस्तै एमालेको नेतृत्व तहबाट नै प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको माओवादी केन्द्रनिकट उच्च स्रोतको दा”बी छ ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 1 Minute 586 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?