२०७९ असार १४ मंगलवार

दोषीलाई कार्वाही गर्न युवतीको पक्षमा मिस नेपाल साथै आमाहरु सडकमा निस्के हेर्नुहोस (भिडियो सहित)

काठमाडौँ — आठ वर्षअघि एक किशोरीलाई बला त्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरी ले पक्राउ गरेको छ । उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौं बाट पक्राउ गरेको स्रोतले जानकारी दियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टो लीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो । उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बला त्कार गरेको आरोप छ ।

युवतीले आफूमाथि ब लात्कार भएको भन्दै टिकटक भिडिओ मार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन् । यो घटनाबारे संस दमा पनि कुरा उठेको थियो । सभामुख अग्निप्रसाद सापकोटा ले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएको थियो ।

यसै घटनाका दोसीलाई कार्वाही गर्न युवतीको पक्षमा मिस नेपालहरु सडकमा निस्केका छन्। माल्भिका र प्रियंका लाई कलाकार मान्दैनौ भन्दै आमाहरु |

तलको भिडियो हेर्नुहोस्..

यो पनि ,,काठमाडौं महानगरपालिकाको एक लाखभन्दा धेरै मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन्।

आइतबार बिहानसम्म गणना भएको १ लाख ६ हजार ८५२ मत मध्ये शाहले ३८ हजार ३३३ मत पाएका छन्। यस्तै नेपाली कां ग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छ न्। यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए।

आइतबार बिहानसम्मको मतगणना अनुसार सिर्जनाले २१ हजार २९९ मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा झरेका स्थापितको मत २१ हजार ८ छ।

बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ३४ छ भने स्थापितसँग १७ हजार ३२५ छ।

सिर्जना र स्थापितको मतान्तर २९१ मत छ।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।

त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ।

यीमध्ये वडा नम्बर ७, ९, १०, ११ र २६ मा बालेनको अग्रता छ।

वडा नम्बर १२ मा भने सिर्जनाले अग्रता लिएकी छन्। वडा नम्बर १२ को मतगणना भर्खरै सुरू भएको हो। यहाँ ७०० मत गन्दा सिर्जनाले २५५, स्थापितले १९६ र बालेनले ९६ मत पाएका छन्।

त्यस्तै वडा नम्बर २३, २४ र २५ मा स्थापितको अग्रता छ। २३ नम्बर वडाको मतगणना पनि केही समयअघि मात्र सुरू भएको हो। यहाँ ७०० मत गन्दा स्थापितले १७०, सिर्जनाले १२७ र बालेनले १०९ मत पाएका छन्।

यस्तै वडा नम्बर २४ को २४४७ मत गणनामा स्थापितले ६६४, सिर्जनाले ५३८ र बालेनले ४२३ मत पाएका छन्।

वडा नम्बर २५ मा गणना भएको ३१७८ मतमा स्थापितले ७४४, बालेनले ५४७ र  सिर्जनाले ५३१ मत पाएका छन्।-सेतोपाटी।

 

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 1 Minute 504 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?