२०७९ असार १७ शुक्रबार

धरानमा पाएको मतभन्दा कम घो’षणा भएको भन्दै लिम्बुवानका नेताले थ’र्काएको भिडियो भाइरल (भिडियो सहित)

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपा लका उम्मेद्वारले पाएको मतभन्दा कम घो’षणा भएको भन्दै वि रोध जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले वडा नं ११ को मत घो”षणा गर्दा मञ्चले पाएको भन्दा कम घो”षणा गरे को भन्दै मतगणना स्थगित गर्न र रि काउन्टिङ गर्न माग गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले भने गणना स्थगित गर्न अ’ स्वीकार गरेको छ । साथै, सामान्य त्रुटी भएको देखिएकोले सच्याइएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।मञ्चबाट मेयरमा अमर इजम उम्मेद्वार रहेका छन् । उनको चुनाव चिह्न दापसहितको खुकुरी हो ।

उनी आफै विरोध जनाउदै निर्वाचन अधिकृतसमक्ष कुरा राखेका थिए । उनले धाँधली भएको आ’रोप पनि लगाएका छन् । तर, निर्वाचन अधिकृत नेपालले भने त्यस्तो नभएको र सामान्य त्रु’ टी भएकोले सच्याएको प्रष्ट्याएका थिए ।

यो पनि ,,काठमाडौं महानगरपालिकाको एक लाखभन्दा धेरै मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अ’ग्रता कायमै राखेका छन्।

आइतबार बिहानसम्म गणना भएको १ लाख ६ हजार ८५२ मत मध्ये शाहले ३८ हजार ३३३ मत पाएका छन्। यस्तै नेपाली कां ग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छन्। यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए।

आइतबार बिहानसम्मको मतगणना अनुसार सिर्जनाले २१ हजार २९९ मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा झरेका स्थापितको मत २१ हजार ८ छ।

बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ३४ छ भने स्थापितसँग १७ हजार ३२५ छ।

सिर्जना र स्थापितको मतान्तर २९१ मत छ।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।

त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ।

यीमध्ये वडा नम्बर ७, ९, १०, ११ र २६ मा बालेनको अग्रता छ।

वडा नम्बर १२ मा भने सिर्जनाले अग्रता लिएकी छन्। वडा नम्बर १२ को मतगणना भर्खरै सुरू भएको हो। यहाँ ७०० मत गन्दा सिर्जनाले २५५, स्थापितले १९६ र बालेनले ९६ मत पाएका छन्।

त्यस्तै वडा नम्बर २३, २४ र २५ मा स्थापितको अग्रता छ। २३ नम्बर वडाको मतगणना पनि केही समयअघि मात्र सुरू भएको हो। यहाँ ७०० मत गन्दा स्थापितले १७०, सिर्जनाले १२७ र बालेनले १०९ मत पाएका छन्।

यस्तै वडा नम्बर २४ को २४४७ मत गणनामा स्थापितले ६६४, सिर्जनाले ५३८ र बालेनले ४२३ मत पाएका छन्।

वडा नम्बर २५ मा गणना भएको ३१७८ मतमा स्थापितले ७४४, बालेनले ५४७ र  सिर्जनाले ५३१ मत पाएका छन्।-सेतोपाटी।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 1 Minute 691 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?