२०७९ असार १२ आईतवार

ओलीको व्यङ्ग्य : इफेल टावरको टुप्पोमा धान फल्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा बनाइएका भ्यु टावरहरु इतिहास भएको बताएका छन् । कवि मीना श्रेष्ठको कविताकृति ‘फर्गेट स्टर्डे’ विमोचन

समारोहलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्यु टावरको विरोध गर्नेहरुले इतिहास बिर्सेको टिप्पणी गरे । उनले ‘इफेल टावर र वासिङटन टावर’ बनाउनेहरु बुद्धि नभएकै हुन् त भनेर आलोचकहरुलाई प्रश्न समेत गरे ।

एउटा पार्टीले आफ्नो घोषणापत्रमै भन्यो– भ्युटावर बनाउँदिन, भ्युटावर बनाउने काम छैन’, ओलीले साहित्यिक कार्यक्रममा भने, ‘इफेल भन्ने इन्जिनियर जसले इफेल टावर बनाए ।

बुद्धि नभएका रहेछन् कि क्या हो ?’उनले इफेल टावर फ्रान्स   को प्रतिक भएको भन्दै जसले फ्रान्सलाई अरबौको आम्दानी दिएको बताए । ‘त्यो भ्युटावर भन्दा अरु केही होइन, टुप्पामा धान फल्दैन ।

कोदो पनि फल्दैन, अलिक तल मकै फल्दैन । आँप लिची पनि फल्दैन, पैसा मात्रै फल्छ भ्यु टावरमा’, ओलीको भनाइ,, छ । त्यस्ता टावरहरूमा इतिहास र हाम्रो उचाई हुने ओलीको भनाइ छ ।

‘इतिहास, ऐतिहासिक धरहरा, धरोहर, हाम्रो उचाई । थुप्रै कुराहरु त्यसभित्र हुने गर्छन् ।तर हामी सोझो आम्दानीको कारोबार मात्रै गर्छौ भने ‘फर्गेट स्टर्डे’जस्ता कुरा पटक–पटक आउँछन् किनभने हाम्रो नगदा नगदी विजनेस बाहेक अरु कुरै हुँदैन’, ओलीको भनाइ छ ।

उनले भ्यु टावरहरु बनाएकोमा संवेदनशील र गर्वनुभूति हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । भने, ‘किनभने हामी भावनामा छैनौ, हामी संवेदनशीलतामा छैनौ ।

हामी गर्भनुभूति गर्दैनौ । हामीसँग प्रेस्टिज भन्ने कुरा छैन, ‘वीइ जस्ट नो मनी ।’ ओलीको भनाइ छ ।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 0 Minutes 1049 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?