
सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् ।
निकटतम् प्रतिद्व`न्द्धी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क साम्पाङ निर्वाचित भएका हुन् ।
हर्क साम्पाङले २० हजार ८ सय २१ मतका साथ विजय भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्रप्त गरेका छन् । उनी नेपाली काँग्रेस पूर्व धरान नगरसभा पतिसमेत हुन् ।
त्यस्तै मेयरकै अर्की उम्मेदवार नेकपा (एमाले)की मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गरेकी छन् । उनी धरान उपमहानगरकी निवर्तमान उपप्रमुख रहेकी छन् ।
यसका साथै धरानको उपमेयरमा भने गठबन्धनका उमेदवार आइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५१० मत ल्याउँदा उनका प्रति`स्प`र्धी एमालेका पदम इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् । न्युज२४ बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।